बझाङ । बझाङको साइपाल गाउँपालिकामा एभरेस्ट बैँकले शाखाको उद्घाटन गरिएको छ। नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले सोमवार बैँकको शाखाको उद्घाटन गरेका हुन। उनी बैँकको शाखाको उद्घाटन गर्न हेलिकोप्टरमा साइपाल पुगेका थिए।
सङ्घीय संरचना निर्माण भएको ८ वर्षपछि गत असोजमा पहिलो पटक साइपालमा बैँकले शाखा स्थापना गरेको थियो। यसअघि देशभरमा साइपाल मात्रै बैंकीङ प्रणालीमा जोडिन बाकी रहेको थियो। साइपालमा बैँकको शाखा स्थापना भएको ४ महिनापछि उद्घाटन भएको हो ।


262 पटक हेरिएको 








