बझाङका एक जना १ किलोबढी चरेससहित कञ्चनपुरबाट पक्राउ

  कल्पना उपाध्याय  294 पटक हेरिएको

बझाङ। बझाङका एक जना १ किलोबढी चरेससहित कञ्चनपुरबाट पक्राउ परेका छन् । जिल्लाको बित्थडचिर गाउँपालिका–१ का ४० वर्षीय गमिलाल बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए।

विशेष सूचनाका आधारमा खटिएको टोलीले बोहरालाई संकास्पद अवस्थामा बाटोमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा, उनको झोलामा लुकाएर राखिएको १ किलोग्राम ५८६ ग्राम चरेश फेला परेको थियो। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र कञ्चनपुरको संयुक्त टोलीले कञ्चनपुरको वेदकोट नगरपालिका–३ सामदैजीबाट लागूऔषध चरेशसहित बोहरा आज पक्राउ परेका हुन्।

चरेससहित पक्राउ परेका बोहरालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याई यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार