बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको तलकोट गाउँपालिकामा जिप दुर्घटना भएको हो ।
तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर तर्फ आइरहेको से १ ज ८४३ नम्बरको जिप अहिले राती ८:३५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । दुर्घटनामा केही घाइते रहेको बताइएको छ । अहिले घटनास्थल तर्फ प्रहरी टाेलि गइरहेको र विस्तृत विवरण आउन बाकि रहेको प्रहरीले बताएको छ ।


399 पटक हेरिएको 










