
बझाङ उद्योग बाणिज्य संघको प्रेस सल्लाहारमा पत्रकार शैलेन्द्र रोकाया नियुक्त हुन भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहनु भएका रोकायालाई बझाङ उद्योग बाणिज्य संघको पुर्ण बैठकले प्रेस सल्लाकारमा नियुक्त गरिएका हो ।
बिगत १८ बर्ष देखि बझाङमा क्रियाशिल रहनु भएका पत्रकार रोकाया हाल गोरखापत्र दैनिक, दी राईजिङका जिल्ला संवाददाता हुन भने रेडयो खप्तड आवाजका अध्यक्ष तथा खप्तड आवाज डट कमका प्रधान सम्पादक समेत हुन् । जिल्लाको कुशल पत्रकारका रुपमा स्थापीत हुनु भएका रोकाया शालिन ईमान्दार र जुझारु पत्रकार समेत हुनुहुन्छ ।
बझाङ उद्योग वाणिज्य संघको संस्थागत शुसासन , विकास र प्रचार कार्यलाई व्यवस्थित गर्न पत्रकार रोकायालाई उद्योग वाणिज्य संघको बिधान अनुसार प्रेस सल्लाहकारमा नियुक्त गरिएको उद्योग वाणिज्य संघका संघका अध्यक्ष सुर्मेलीले बताउनु भयो । उहाँले भन्नुभयो , पत्रकार महासंघ र उद्योग बाणिज्य संघ नागरिकहरुको हक हितमा आवाज उठाउने संस्था भएकाले पनि संस्थागत रुपमा महासंघको अध्यक्षलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको समेत बताउनुभयो । पत्रकार रोकायालाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ ।


414 पटक हेरिएको 









