
ईन्द्र जात्राको दिन खप्तड छान्ना गाँउपालिकाको पाटादेबलमा लाग्ने सात नम्बर प्रदेशको एक प्रसिद्ध धार्मिक एबम् ऐतिहासिक शैनडाडा मेलाको रौनक छाँएको छ । स्थानीय बासीहरुले सैन्डाँडा मेलालाई भब्य सब्य र ब्यबस्थित बनाउन बिभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउन तयारी गरे संगै यस क्षेत्रमा उत्साह छाँएको हो । यसका साथी रोजगारी तथा पढाई र अन्य कारणले खप्तडाछान्नाबाट बाहिर रहेकाहरुले पनि सुदूरपश्चिम प्रदेश राजधानी धनगडी , राजधानी काठमाण्डौ र भारतको ब्याङ्लोरमा समेत शैनडाडा मेला मनाएका छन् ।
सुदुरपश्चिमको प्रमुख पर्यटकिय गन्तब्य खप्तडको खापर दह (खप्तड ताल)बाट डोला ल्याई पाटादेबलको खापरमाण्डौमा भब्यताका साथ मनाईने यो ईन्द्र जात्राका दिन लाग्ने गर्दछ । ईन्द जात्रा भन्दा अघिल्लो पूर्णिमाका दिन खप्तड ताल नजिकै रहेको खापर देबताको मन्दिरमा पुजा आजा गरि यो जात्राको प्रारम्भ भएको मानिन्छ । जसलाई स्थानीय भाषामा उकालु भन्ने चलन छ । त्यसको एक महिना पछि स्थानिय धामी झाक्रीहरुले, पुजारी, खापरका करियाँहरु , र खापरको घोडा समेत लिएर खप्तडको ताल नजिकैमा रहेको खापर मन्दिरमा रात भर जाग्राम बसी पुजाआजा गरि बिहान देबता (महारानी) लाई बिहे गरि डोलीमा चडाई खप्तड छान्ना गाँउपालिका ६ मा पर्ने पाटादेबलमा रहेको खापर माण्डौमा भित्र्याई धुमधाम संग मेला बनाउने चलन छ । मेलाको अबसरमा स्थानीय बासी हरुले बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउने तयारी भएको छ । मेलामा स्थानीय झाकीहरु , सास्कृतिक कार्यक्रम , देउडा प्रतियोगिता गरिने वडा अध्यक्ष तेज खड्काले बताउनुभयो । उहाँले भन्नु भयो यो मेलाको साँस्कृतिक महत्व रुपम एकदमै महत्व बोकेको मेला भएकाले मेला लाई ब्यबस्थित गर्न जाडरक्सी समेत पूर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।
खेचरा पर्वत (खप्तड) मा अवस्थित तलाउ नजिककै मुसारानीको रूपमा भगवान् प्रकट भएर सोही ठाउँमा पूजाआजा गर्न थालेको किंवदन्ती छ । पार्वती मुसारानीको रूपमा प्रकट भएपछि सबैभन्दा अगाडि त्यहाँ बसोबास गर्ने खप्तडी खड्काले देखेको र पूजाआजा गर्दै आएको स्थानीयवासी बताउँछन् । खप्तडमा मुसारानीको रूपमा पार्वती प्रकट भइसकेपछि उहाँले त्यसै ठाउँमा शिवका लागि तपस्या गरिन् र पछि शिव प्रकट हुनुभयो । पछि शिला भयो । त्यस बेला प्रकट भएको एउटा शिला अछामको लुङ्ग्रामा लगेर मन्दिर स्थापना गरिएको थियो । अहिलेको पाटादेवलको जस्तै लुङ्ग्रामा पूजाआजा गरिन्थ्यो । सुरुमा पार्वती मुसारानीको रूपमा प्रकट भएको ठाउँमा माइतीघर र त्यसपछि शिला लगेर माडौँ बनाइएको ठाउँमा माइतीघर उकालु र पोइलीघर ओरालु भन्दै दुवै ठाउँमा पूजाआजा गरिन्छ । स्थानीय नरेन्द्र थापाका अनुसार श्रावण पूर्णिमाका दिन (उकालु) पोइलीघरबाट पार्वतीलाई माइतीघर खप्तड पुर्याउने र भाद्र चतुर्दशीका दिन पोइलीघरमा ल्याउने हुँदा शिला राखेको ठाउँमा डोली ल्याउने गरिन्छ । त्यसबेलामा देवी (पार्वती)का भाइ धामीहरू दिदीसँग छुट्नुपरेको भन्दै काँप्दै रोइकराइ गर्ने गर्छन् । ‘पार्वतीलाई माइतीघर पु¥याउँदा वा पोइलीघर ल्याउँदा काँप्दै रोइकराइ गर्ने गर्छन्,’ थापा भन्नुहुन्छ , ‘त्यस बेलामा खापरको घोडा पनि काँपेर थाम्न नसकिने अवस्थामा हुने गर्छ ।’


199 पटक हेरिएको 









