बझाङ। बझाङमा भीरबाट लडेर एक यार्चा संकलक घाइते भएका छन् । जिल्लाको साइपाल गाउँपालिका – १ का २० बर्षिय लक्ष्मण धामी यार्चा संकलन गर्ने क्रममा भिरबाट लडेर घाइते भएका हुन ।
धामी आइतबार बिहान साइपाल गाउँपालिकाको बाटुलसेरामा यार्चा संकलन गर्न गएका थिए । उनि सोहि ठाउँमा भिरबाट लडेर घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
स्थानीयले आइतबार राती नै उनको उद्धार गरेकोमा र अहिले उपचारको लागि हेलिकप्टर मार्फत सदरमुकाम ल्याउने पहल भइरहेको साइपाल गाउपालिकाका अध्यक्ष मानबिर बोहराले बताए ।


552 पटक हेरिएको 









