यार्सा संकलनमा गएका बझाङका एक युवकको हिउँमा चिप्लेर मृत्यु

  कल्पना उपाध्याय  331 पटक हेरिएको

बझाङ । यार्सा संकलनका लागि गएका बझाङका एक युवकको हिउँमा चिप्लेर मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–५ सैनगाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको हिउँमा चिप्लेर बिहीबार बिहान मृत्यु भएको हो ।

बुधबार श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा बिहीबार बिहान ५ बजे धौलढुंगामा एक्कासी हिउँमा चिप्लेको सुर्मा गाउँपालिकाकी उपाध्यक्ष रमलाकुमारी मन्डेल पुजाराले बताएकी छन् ।

उनीहरू दुई साना छोरा छिमेकीलाई छाडेर यार्सा संकलन गर्न निस्केका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार