बझाङमा रुखबाट लडेर महिलाको मृत्यु भएको छ । जिल्लाको तल्कोट गाउँपालिका – २ की कविता धमेनाको रुखबाट लडेर मृत्यु भएको हो ।
अन्दाजी २२ वर्षिया धमेनाको आइतबार दिउँसो सोही वडामा रहेको सापपानी जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक व्यापक चन्द्र शाहले जानकारी दिए ।
उक्त सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


503 पटक हेरिएको 








