बझाङमा एक पुरुष घरभित्रै मृत भेटिए

  कल्पना उपाध्याय  480 पटक हेरिएको

बझाङमा एक पुरुष घरभित्रै मृत भेटिएका छन् । जिल्लाको बित्थडचिर गाउँपालिका–४ का ४५ वर्षीय रामबहादुर बोहरा आज आइतबार बिहान घरभित्रै मृत भेटिएका हुन् ।

शनिवार साँझ घर परिवारसँगै खाना खाएर आफ्नो कोठामा सुतेका बोहरा आइतबार बिहान अबेर सम्म नउठेपछि परिवारले उठाउन जाँदा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ब्यापक चन्द्र शाहले जानकारी दिए ।

अहिले प्रहरी घटनास्थलमा गएर घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शाहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार