बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गयो

  कल्पना उपाध्याय  1557 पटक हेरिएको

बझाङ – बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । जिल्लाको बुङगल नगरपालिका वडा नम्बर १० डौडकी अन्दाजी ४५ वर्षिया प्रमा बागको आज विहिबार काफलको रुखबाट खसेर एक ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बत्थडचिर गाउँपालिका – ७ स्थित ठुलीखाली भन्ने जंगलमा काफल टिप्न गएकि प्रमाको आज बिहिवार दिउँसो १२ बजे काफलको रुखबाट खसेर घटनास्थलमै ज्यान गएको हो ।

अहिले घटनास्थलमा प्रहरी टोली खटिएको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक ब्यापक चन्द्र शाहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार