खप्तडछान्ना गाउँपालिकाले गोरखालीका चट्याङबाट पिडित परिवारलाई दियो राहत

  कल्पना उपाध्याय  338 पटक हेरिएको

बझाङ । खप्तडछान्ना गाउँपालिकाले वडा नम्बर ७ गोरखालीमा चट्याङबाट पिडित भएका परिवारलाई राहत दिएको छ । आज गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकाया, उपध्यक्ष विष्णुकुमार थापा र सुरक्षाकर्मी सहितको टोलिले गोरखालीमा स्थलगत अवलोकन गरेर राहत सामाग्री दिएको हो ।

उनिहरुको तत्काल बन्दोबस्तीका लागि त्रिपाल, भाँडाकुडा, लुगाकपडा र चामल लगाएतका अपरिहार्य सामाग्रिहरु वितरण गरेको गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले बताए । गाउँपालिकाले घाइतेहरुको उपचारमा सहयोग गर्नुका साथै पिडितहरुको आवास समेत निर्माण गरिदिने अध्यक्ष रोकायाको भनाइ छ ।

स्थलगत अवलोकनका लागि गोरखाली पुगेको पालिकाको टोलीले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै यस्ता प्राकृतिक प्रकोपबाट सबैमा अपिल समेत गरेको छ । मंगलबार साँझ खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ गोरखालीमा चट्याङ लागेर ४ जना घाइते भएका थिए । एक घर सहित भैंसी पनि जलेर नष्ट भएको थियो । अहिले घाइतेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार