खप्तडछान्ना गाउँपालिका – ७ गोर्खालीमा चट्याङ लागेर ४ जना घाइते, एक घर सहित भैंसी जलेर नष्ट

  कल्पना उपाध्याय  761 पटक हेरिएको

बझाङको खप्तडछान्ना गाँउपालिका – ७ गोर्खालिमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । एउटा घर जलेर नष्ट हुनुका साथै एउटा भैंसी पनि मरेको छ । आज मंगलबार साँझ ७ बजेको समयमा गोर्खालीको एक टोलमा चट्याङ परेको हो ।

घाइते हुनेमा स्थानिय फिट्टु खड्काको श्रीमती बेलु देवि खड्का, उनको ८ वर्षिय छोरा एकेन्द्र बहादुर खड्का, लुड्कि देवि खड्का र दुदादेवी रावत रहेका स्थानिय सुरेश खड्काले बताए । साथै चट्याङ लागेर आईते रावतको एउटा भैंसी मरेको छ भने एउटा घर समेत जलेर पुर्ण रूपमा नष्ट भएको खड्काले बताए ।

घाइतेहरुको उद्धार कार्य चलिरहेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकि छ । अहिले पनि जिल्लाका विभिन्न स्थानमा चट्याङ हावाहुरी चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार