बझाङमा भालुको आक्रमणबाट दुई जना घाइते

  कल्पना उपाध्याय  327 पटक हेरिएको

बझाङ – बझाङमा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको थलारा गाउँपालिका – ८ का ६० वर्षिय मदनराज जोशी र उनको १३ वर्षिया देउसरा जोशी रहेका छन् ।

आज शनिबार बिहान घर नजिकै रहेको भैँसि गोठमा भालुले उनिहरुलाई आक्रमण गरेको वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराज जोशीले बताए । भैँसि गोठमा माहुरी घार हेर्न गएका बाबुछोरीलाई भालुले एक्कासी आक्रमण गरेको हो ।

आक्रमणबाट मदनको पिठ्यु र हातमा गहिरो चोट लागको छ भने देउसराको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको वडा अध्यक्ष जोशीले बताए । अहिले उनिहरुको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल बझाङमा उपचार भइरहेकोे बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार