बझाङमा हुने उपनिर्वाचनमा भोट नहाल्ने नेसपाको निणर्य

  कल्पना उपाध्याय  274 पटक हेरिएको

बझाङ । यहिँ वैशाख १५ मा हुने बझाङ प्रदेश सभाको उपनिर्वाचनमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले भोट नहाल्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले उपनिर्वाचन अन्र्तगत बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउने निर्णय गरेको हो ।
नेसपाले यसअघि इलाम–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा भने पहिचान पक्षधरलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद र सहकार्य गर्नको लागि पार्टी राजनीतिक संवाद समिति गठन गरेको पार्टी प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार