रास्वपा बझाङको आयोजनामा उपनिर्वाचनका उम्मेदवारसँग बहस कार्यक्रम गरीदैं

  कल्पना उपाध्याय  287 पटक हेरिएको

बझाङमा जनतासँग उम्मेदवारको प्रतिवद्धता तथा बहस कार्यक्रम सञ्चालन हुने भएको छ । यहिँ वैशाख १५ गते हुने उपनिर्वाचनलाई केन्द्रित गर्दै राष्टिय स्वतन्त्र पार्टि बझाङको आयोजनामा भोली मंगलबार उक्त कार्यक्रम सञ्चालन गरिने भएको हो ।

कार्यक्रममा सबै दलका उम्मेदवारहरु उपस्थित हुने राष्टिय स्वतन्त्र पार्टि बझाङका सभापती सत्यराज उपाध्यायले बताउनुभयो । उम्मेद्वारहरुले आ –आफ्ना एजेन्डा र विचारहरु आमने सामने राखेर छलफल गर्ने भएका छन् । उम्मेद्वारहरुले धारणा राखेपछि उनिहरुलाई जनताहरुले प्रश्न सोध्ने कार्यक्रम रहेको छ।

अहिलेसम्मका निवार्चनमा बझाङी जनताहरुले कुनैपनि गुनासो नगरेरै उम्मेदवारहरुलाई जिताउने गरेको तर चुनाव जितेपछि नेताहरुले आफ्नो कर्तव्य नै भुल्ने गरेको कुरा स्मरण गर्दै अबको चुनावमा के का लागि भोट हाल्ने ? कस्तो उम्मेदवारलाई जिताउने ? लगाएतका विषयमा छलफल गर्ने उद्येश्यले कार्यक्रम गर्न लागिएको बताइएको छ ।
होटल होलि डे इनको सभाहलमा दिउँसो १ देखि ३ बजेसम्म सञ्चालन हुने उक्त्त कार्यक्रममा उपस्थित भइदिन जिल्लाका सबै इच्छुक नागरीकहरुलाई राष्टिय स्वतन्त्र पार्टिले आग्रह समेत गरेको छ । बझाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा सवारी दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार