आज चैते दशैँ मनाइँदै,देशभरका शक्तिपीठमा भक्तजनको भीड

  कल्पना उपाध्याय  169 पटक हेरिएको

आज मङ्गलवार चैते दशैँ पर्व मनाइँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।

वर्षमा चार वटा नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैँ मनाउने गरिन्छ ।

आज देशभरका शक्तिपीठ एवम् देवीका मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस्तै भोलि बुधवार नवमीको दिन श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमी मनाउने गरिन्छ । रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

चैते दशैँको अवसरमा आज गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार