‘एक थुङ्गा फूल बुवाको फोटोमा चडाएर आउँछु’ – कांग्रेस उम्मेदवार सिंह

  शैलेन्द्र रोकाया  1959 पटक हेरिएको


शैलेन्द्र रोकाया
सनिवार बिहान साथीभाई तथा पार्टीका नेता कार्यकर्ता कुरि रहेका थिए । कोही नेता कार्यकर्ता उम्ेदवार आउँने खबरले बिच बाटो सम्म लिन गएका थिए भने कोही झण्डा तयारी तथा मनोनयको तयारीमा जुटेका थिए । नेपाली कांग्रेसको केन्द्रिय संसदीय बोर्ड तथा कार्य सम्पादन समितीले निर्णय गर्न ढिलो गरे पछि हतार हतारमा मनोनयनका लागी सनिबार बिहान उम्मेदवार अभिशेक सिंह सदरमुकाम चैनपुर बिहान आई पुग्नुभयो ।
कोही टिकट पाएकोमा बधाई थाप्न , त कोही जितको शुभकामना दिन अधिकाशं नेता कार्यकर्ता तथा सिंहका आफन्त , शुभेच्छुकहरु बिहान गाउँ गाउँबाट सदरमुकाम झरेका थिए । नेपाली काग्रेसका प्रभाबशाली नेता स्वार्गिय पृथ्बी बहादुर सिंहका जेठा छोरा समेत रहेका अभिशेक सदरमुकाम चैनपुर पुगे पछि हतार हतारमा उहाँका शुभन्तिक तथा पार्टीका नेता कार्यकर्ता बधाई दिन नेपाली कांग्रेसका पाटी कार्यालय जानेक्रम चलि रहेको थियो । त्यसै क्रममा सेतो लुगामा रहेका अभिशेकले आफ्ना शुभचिन्तक र नेता कार्यकर्ताहरुलाई भन्नुभयो, नुहाएर बुवा मुवाको फोटोमा एक थुङ्गा फुल चडाएर आउँछु भने पछि अधिकाशं नेता कार्यकर्ताका आखा रसाए । बुवाको आसिकमा रहेका उम्मेदवार सिंह सेतै लुगामा थिए । आफ्ना बुवा आमा सहित आन्टीको एकै चिहान हुने गरि भएको सवारी दुर्घटना आफ्नै आखाले देखेका थिए उम्मेदवार अभिशेक बहादुर सिंहले । धेरैले भने बिचरालाई पार्टीले यो अबस्थामा ठिकै गरेकै हो ।

उम्मेवार सिहंले भन्नुभयो “ बझाङको बिकासका लागी बुवाले देख्नु भएका धेरै सपना थिए । उहाँले पुरा गर्न नसकेका सपना पुरा गर्ने दायित्व सहित राजनितीमा होमिएको छु । बुवाले समेत यही भुमीमा रहेर जिवनका धेरै बर्षहरु राजनितीमा लागेर यहीका नागरिकहरुका लागी काम गर्नुभयो । बझाङको बिकासका लागी आफ्ना सारा खुशी , पारिवारिक शुख सयलहरु त्याग्नुभयो । त्यही अबिभारा पुरा गर्न उम्मेदावारी दिएको छु ”। उम्मेदवार सिंह कांग्रेस भित्रको लोकप्रिय युवाका रुपमा समेत पाटी भित्र आप्mनो छुट्टै छबि बनाएका युवा नेता हुन् । उहाँले आफ्ना पार्टी भित्रका मात्र नभई अन्य पार्टीका युवाहरुलाई समेत परिचालन गर्ने सक्ने खुबी छ ।

कसरी भएको थियो सवारी दुर्घटना


पृथ्बी बहादुर सिंह नेपाली कांग्रेस बझाङका प्रभावशाली नेता थिए । ३ पटक नेपाली कांग्रेसको सभापती समेत रहेका सिंह जिल्लामा बसेर गरिब दिनदुखी कार्यकर्ताको काम गर्ने नेताका रुपमा आप्mनो छबि बनाएकै कारण नेपाली कांग्रेस सभापती शेर बहादुर देउवाका बिश्वासपात्र समेत थिए । त्यही भएकै कारण उहाँलाई २०७४ सालको निर्वाचनमा प्रतिनिधी सभाको टिकट पाएका उनले थोरै मतले पराजित बेर्होनु परेको थियो । त्यै गएको निर्वाचनमा समेत प्रदेश सभा सदस्यका लागी गठबन्धनबाट साझा उम्मेवार बनेका सिहं बिजयी हुनु भएको थियो । देउवाका बिश्वास पात्र भएकै कारण २०८० साल जेठ ८ गते सिंहलाई सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मा देउवाले नै दिएका थिए । मन्त्री भई सकेपछि जिल्ला आउन समेत नपाएका सिंहले असारको पहिलो सातामा जिल्ला जाने चाजोपाजो मिलाए । सदरमुकाम चैनपुरमा नवनिर्मित सिंहको घरको पुजा तथा प्रतिष्ठा गर्ने, कुल देवताको पुजा गर्ने , मन्त्री भई सकेपछि नेता कार्यकर्ताहरु संग खुशी बाड्ने र मुख्यमन्त्री कमल शाह र परराष्ट्र मन्त्री एनपी साउँदलाई बोलाएर ताक्लाकोट नाकालाई बैधानिक नाका बनाउन हेकिप्टरबाट स्थलगत निरिक्षण गर्ने कार्यक्रमको तय भएको थियो । सोही कार्यक्रमका लागी असार ४ गते दिउँसो धनगढीबाट आप्mना शुभचिन्तक कार्यकर्ताका साथ निस्केर बेलुका डडेल्धुराको राईनो होटेलमा बास हुन्छ । असार ५ गते बिहान उग्रतारा मन्दिर र घटाल मन्दिरको दर्शन पछि बझाङको यात्रा हुन्छ । दुई दशक पछि बझाङको क्षेत्र नम्बर १ काग्रेसले जितेको त्यै पनि जिल्लाले मन्त्री पाए पछि सिंहको स्वागतका लागी गाउँ गाउँबाट कार्यकर्ता तथा शुभ चिन्तकहरु सदरमुकाम आउँछन् । सिहंको स्वागतका लागी मालाहरु, खादाहरु तयारी गरिएका थिए । सरकारी कार्यालयहरुका कार्यलय प्रमुखहरुलाई समेत मन्त्री सिहंले निर्देशन दिने कार्यक्रम समेत थियो । तर ५ गते दिउँसो एका एक मन्त्री सिहं सवारी दुर्घटना भयो भन्ने खवरले जिल्लामा मात्र नभई देश भर सनसनीपुर्ण खबर आए । सवारी दुर्घटनामा मन्त्रीकी श्रीमती अमृता देबी सिंह र आन्टीको घटनास्थलमा मृत्युभयो । मन्त्री सिंहलाई हेलिकप्टर मार्फत कोहलपुर मेडिकल कलेजमा पुर्यो । उहाँलाई त्यही मृत घोषणा पछि जिल्ला नै शोकमा डुब्यो ।

मन्त्रीको स्वागतका लागी तयार गरिएका मालाहरु ओईलिए । खादाहरु खेर गए । ताक्लाकोट नाकालाई बैधानिकता दिने सिंहको सपना चकनाचुर भयो । सबै कार्यक्रम चकनाचुर भए ।बागथलाबाट चैनपुर आउनका लागी लामबद्धरुपमा गाडीहरु आई रहेका थिए । सबै भन्दा अगाडी नेपाल प्रहरीको गाडीले स्कटिङ्ग गरि रहेको थियो । त्यस पछाडी मन्त्री सिंह , उहाँकी धर्मपत्नी, भाउजु र शुरक्षा गाड सवारी गाडी र त्यसपछि मन्त्री सिहंका छोरा अभिशेक सिंह र अन्य कार्यकर्ता सवारी गाडी लामबद्घ थिए । सबै गाडीको दुरि भनेका झण्डै १५ ÷ २० मिटर मात्र थियो । मन्त्री सवारीको पछाडी रहेको उहाँको छोरा अभिसेकले आफ्ना बुवा शवारी गाडी दुर्घटना हुँदा प्रतक्ष आखाले देख्नुभयो । गाडी सिधै हावामा उडे पछि उहाँका छोरा अभिशेकको होस हवास नै उड्यो । मन्त्रीको निधन पछि सिंह परिबारको मात्र क्षती भएन । बझाङका जनताका बिकासका सपनाहरु समेत चकनाचुर भए । बझाङले एक दुरदर्शी नेता गुमायो । मन्त्री भएपछि जिल्लाको बिकास हुन्छ भनेर बझाङी नागरिकहरुले बोकेका सपना समेत हावामा बिलिन भए । जिल्ला नै शोकमा डुब्यो । तिनै मन्त्री सिंहका जेठा छोरा जो आफ्नो बुवाको मृत्युको साक्षी भएका थिए । आफ्नै आखाले देखेका थिए । उनै अभिशेकलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएर अहिले चुनावमा होमिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार