तीनै तहका सरकारबीच समन्वय आवश्यकः मन्त्री जोशी

  खप्तड समाचारदाता  227 पटक हेरिएको

बझाङ, चैत्र १५ गते । तिन तहका सरकारका बिचमा आवस्यक समन्वय नहुँदा बिकास निर्माणका कामहरु समेत प्रभावित हुने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बताउनु भएको छ । बिहिबार जिल्लाको खप्तडछान्ना गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री जोशीले तिनै तहका सरकारका बिचमा सद्भाव , समन्वय बढाएर काम गरे मात्र जन अपेक्षा अनुसार काम गर्न सकिने बताउनुभयो ।

संघीय मामिला मन्त्रालय तथा समान्य प्रशासन मन्त्रालयले तिनै तहका सरकार बिचमा समन्वय गर्ने , बिभिन्न कानुन तथा निती , मापदण्ड बनाउने र संघीयताको कार्यान्वयन गर्नेमा बिषेश जोड दिएको समेत बताउनुभयो । उहाँले ७५३ वटै पालिकामा केन्द्रबाट प्रमुख प्रशासकिय अधिकृत पठाउने जिम्मेवारी , सातै वटा प्रदेशका मन्त्रालयका सचिव समेत पठाउने जिम्मेवारी समेत आफ्नो मन्त्रालयको रहेको बताउँदै उहाँहरुले पनि काम चुस्त दुस्त गरि जनतामा शुसासनको प्रत्याभुती दिलाउनु पर्नेमा जोड दिनुभयो । “अहिले सरकार प्रति नागरिकहरुको ब्यापक जनगुनासो छन् ।

जनताले अनुभुती गर्ने गरि काम कार्वाही भएन, शुसासन भएन भन्ने जस्ता गुनासाहरु भएकाले सबै भन्दा महत्वपुर्ण कुरा नितै तहका सरकारका बिचमा समन्वयको अभाबका कारण यस्ता कुराहरु आएको समेत मन्त्री जोशीले बताउनुभयो” । मनसुन जन्य बिपद बाढी र पहिरोबाट र भुकम्पबाट समेत खप्तडछान्ना गाउँपालिकाले ठूलो क्षती समेत ब्यहोर्नु परेको स्मरण गराउँदै पिडितलाई राहत क्षतीपुर्ती र पुर्ननिर्माणका सवालमा समेत तिन तहका सरकारका बिचमा समेत समन्वयको अभाबका कारण यो बिषय ओझेलमा परेको बताउनुभयो ।

उहाँले यो बिषयका सन्दर्भमा समेत अब सरकारले समन्वकारी भुमिका निर्वाह गर्न आफु कटिबद्ध भएर लाग्ने समेत बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य तथा काग्रेस नेता बद्रि पाण्डेले तिनै तहका सरकारका बिचमा समन्वय नभएको समेत बताउनुभयो । उहाँले अहिले मुलुकमा संघीयताको कार्यान्वयन गर्नका लागी नितीगत रुपान्तरण आबस्यक रहेको बताउँदै जती पैसा भएपनि नितीगत रुपान्तरण नभएको खण्डमा बिकास गर्न नसकिने समेत बताउनुभयो । सदस्य पाण्डेले नितै तहका सरकारका बिचको समन्वयलाई कसरी प्रभावकारी , परिणाममुखी बनाउने भन्ने बिषयमा सरकार गम्भिर हुनुपर्ने समेत बताउनुभयो ।

उहाँले अहिले समयमै बिभिन्न कानुन बनाउन नसकेका कारणले अन्यौलता भएकाले संधीय लोकतन्त्रका बारेमा समेत जानतालाई बुझाउन नसिकएको समेत उहाँको भनाई छ । निजामती प्रशासनलाई समेत ब्यस्थि तगर्नका लागी कर्मचारीहरुलाई हौसला दिने , उत्प्रेरण दिनका लागी समेत निजामती ऐन समयमा नै ल्याउनु पर्नेमा जोड दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार