मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा वार्षिक केन्द्र प्रमुख तथा वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न

  कल्पना उपाध्याय  288 पटक हेरिएको

मेरो माइक्रोफाइनान्स लघुवित्तको वार्षिक केन्द्र प्रमुख तथा वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय जयपृथ्वी बझाङको आयोजनामा आज मंगलबार सदरमुकाम चैनपुर स्थित जिल्ला समन्वय समितीको सभाहलमा उक्क्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाको परिचय, संस्थाले प्रदान गर्दै आएको सेवा सुबिधामा उठेका जिज्ञासाहरुको समाधान गर्दै वित्तीय ज्ञान, सीप, मनोबृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिबृद्धिका माध्यमले विवेकशिल वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक ब्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्ने विषयमा छलफल एवं अन्तरक्रिया गरिएको थियो । संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको जनाएको छ ।

आज कार्यक्रममा बझाङ जिल्लाका तीन जना सदस्यहरुको मृत्यु दावि भुक्तानी तथा क्रिया खर्च बाफतको रकम समेत हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै विशिष्ट अतिथी एवं प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले लघुवित्त भन्ने वित्तिकै ऋण लिने संस्थाहरु मात्रै सम्झीने गलत बुझाई रहेकाले सबैले लघुवित्तबाट आर्थिक समृद्धिमा योगदान कसरी गर्ने भन्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले संस्थागत नितीले समेटेका विषयहरुलाई प्राथामिकतामा राखेर लाग्न र सदस्यहरुका अपेक्षाहरु सम्बोधन गर्न पनि संस्थालाई आग्रह गर्नुभयो । यस्तै जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले पछिल्लो समय केहि लघुवित्तहरुले ठग्ने, ढाट्ने गरेका कारण आम नागरीकहरुको लघुवित्तप्रति नकारात्मक धारणा उत्पन्न भइरहेकाले संस्थाले आफ्नो जिम्मेवारी र कर्तव्य पालना गरेर सबैको मन जित्नुपर्ने बताउनुभयो । उहाँले निम्न आय भएको मानिसले पनि लघुवित्तबाट फाइदा उठाउन सकोस् भन्ने स्थानिय सरकारको अपेक्षा रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी एवं समन्वय प्रमुख नर बहादुर बोहराले पनि बचत गरेर केहि फाइदा लिनसक्नु पर्नेमा जोड दिनुभयो ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालयका विभागिय कर्मचारी ईश्वर आचार्यको सभाअध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख नर बहादुर बोहरा प्रमुख अतिथी रहनुभएको थियो । विशिष्ट अतिथीमा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चतराज बजाल, अतिथीहरुमा प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेल, डिएसपी भरत शाह, मेरो माइक्रोफाइनान्स लघुवित्त अमरगढी डडेल्धुराका अनुगमन अधिकृत कविन्द्र महत लगाएत रहनुभएको थियो । कार्यक्रममा संस्थाका अन्य प्रतिनिधि, जिल्लाका सबै केन्द्र पमुखहरु, सदस्यहरु एवं पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय बझाङका प्रमुख डिवि चन्दले गर्नु भएको थियो ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था देशका गणनीय ७ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार