बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का विभिन्न बस्तिहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगेको छ । सुर्मा गाउँपालिकाको समन्वय तथा नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रको विशेष पहल एवं सहयोगमा उक्त वडाका विभिन्न बस्तिहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत लाइन पुगेको हो ।
वडा नम्बर ४ को भेलात, भिरकोट, कोरेला, सुपा लगाएतका टोलबस्तिहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगेको वडा नम्बर १ का वडा अध्यक्ष दिनेश बहादुर बोहराले जानकारी दिनुभयो । उक्त विद्युतबाट स्थानिय ८० परिवार लावाञ्भित भएका छन् । अहिलेसम्म अन्धकारमा बसिरहेका स्थानियहरु राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगेपछि खुशी भएका छन् ।
अहिले सुर्मा गाउँपालिकाका सबै वडाहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा जडान कार्य जारी रहेको वडा अध्यक्ष बोहराले बताउनुभयो ।


215 पटक हेरिएको 









