बझाङमा असिनापानीले गहुँ तथा तरकारी बालीमा क्षति

  कल्पना उपाध्याय  276 पटक हेरिएको

बझाङ – असिना पानीले बझाङमा क्षति पुर्याएको छ । हिजो राती परेको असिना पानीले जिल्लाका अधिकाँश ठाउँमा गहुँबाली तथा तरकारी बालीमा आंशिक क्षति पुर्याएको हो ।

जिल्लाको दुर्गाथली गाउँपालिका लगायतका क्षेत्रमा असिना पानी क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । यस्तै जिल्लाको खप्तडछान्ना गाउँपालिका, थलारा गाउँपालिका, बुंगल नगरपालिकाका केहि ठाउँमा समेत असिना पानीने क्षति गरेको बताइएको छ ।

असिना पानीले गहुँबालीका साथै तरकारी बालीमा क्षति पुर्याएको शिक्षक गोरख रोकायाले बताए । असिना पानीले गहुँ तथा तरकारीबालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तीत भएका छन् । प्रि मनसुनमा दिउँसोपख मेघगर्जन र चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने भएकाले सर्तक रहन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार