बझाङको एक पसलमा आगलागी भएको छ । सदरमुकाम चैनपुर बजारमा रहेको एक सिलाई कटाइ सेन्टरमा गएराती आगलागि भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सर्जन थापाको चैनपुर चौराहा नजिकै रहेको दुई तले ६ कोठे पक्कि घरको भुँई तलामा रहेको सिलाई सेन्टरमा हिजो राती साढे ११ बजे अचानक बिद्युतको तार सर्ट भई आगलागी भएको हो । आगलागिबाट उक्त पसल र घर भित्र रहेका सम्पुर्ण सर(सामानहरु पुर्ण रुपमा जली नष्ट भएका छन् ।
आगलागि राती नै जयपृथ्वी नगरपालिकाको दमकल,प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आइसकेको छ । क्षतिको विवरण भने आउन भने बाँकि रहेकोे छ । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


2816 पटक हेरिएको 









