बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा शुक्रबार राती साढे ९ बजेको समयमा घरमा एक्कासी चट्याङ लाग्दा एकै परिवारमा एक जनाको मृत्यु र ७ जना घाइते भएका हुन् ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहका अनुसार मृत्यु हुनेमा स्थानिय ५२ वर्षिय गजेन्द्र बहादुर सिंह रहेका छन् । घाइते हुनेमा मृतक सिंहकी १८ वर्षिया छोरी शान्ति सिंह, ३० वर्षिय धिरेन्द्र ब।सिंह, उहाँको श्रीमती बर्ष २५ की निशा सिंह, छोरी १८ महिनाको कृतिका सिंह रहेका छन् ।
यस्तै सोहि ठाउँका धन बहादुर सिंहकी श्रिमती ४० वर्षिया पञ्चादेवी सिंह, उहाँको छोरा ९ वर्षिय नितेश सिंह र छोरी १३ वर्षिया लक्ष्मी सिंह रहेका छन् । घाइते सबैको हात खुट्टाहरुमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले बताए । घाइतेहरु मध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए । मृतकको शव पनि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


373 पटक हेरिएको 









