बझाङमा माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी तिब्र पारिएको छ । यहि चैत १५ गते बिहीवारबाट हुने एसईई परीक्षाको तयारी जिल्लामा तिब्र पारिएको हो । जिल्लामा एसईईको तयारी तिब्र पारिएको शिक्षा विकास तथा समन्वय इकाइ बझाङका सुचना अधिकारी बसन्त बहादुर सिंहले जानकारी दिनुभयो ।
बझाङबाट यस वर्षको एसईई परीक्षामा ४ हजार बढी परीक्षार्थी सहभागि हुँदै छन् । यस वर्षको एसईई परीक्षामा जिल्लाभरबाट ४ हजार ३ सय ८० परीक्षार्थी सहभागी हुने छन् । नियमितर्फका ४ हजार ४ सय ४४ जना, ग्रेड वृद्धितर्फका ३३ र प्राविधिक धार तर्फका ३ सय ३ जना गरि जम्मा ४ हजार ३ सय ८० जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बझाङका सूचना अधिकारी सिंहले बताउनुभयो । १९ ओटा केन्द्रबाट परीक्षा सञ्चालन हुने छ । गत वर्ष जिल्ला परीक्षा समन्वय समितिको बैठकले एसईई परीक्षा सञ्चालनका लागि तोकेका १९ ओटा केन्द्र नै अहिले पनि कायम गरिएका बताइएको छ ।
परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापक नै केन्द्राध्यक्ष रहने छन् । उनिहरुलाई केहि दिनमै अभिमुखिकरण तालिम दिइने शिक्षा विकास तथा समन्वय इकाइ बझाङले जनाएको छ । परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित विद्यालयमा पुगिसकेका बताइएको छ ।
यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने प्रावधान राखिएको छ। यस वर्ष देखि बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसईई गर्न लागेको हो । न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने छ । यस पटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको हो । २ वटाको छुट्टा छुट्टै रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको हो । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । यो पटक भने दुवै छुट्टा छुट्टै अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।


336 पटक हेरिएको 









