बझाङमा सडक माथिबाट जिपमा ढुङ्गा खसेर दुई जना घाइते भएका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ ठण्डा पानी नजिकै आज आइतबार दिउँसो ३ बजेको समयमा एक्कासि सडक माथिबाट ढुङ्गा खसेर जिप र ट्याक्टरमा लाग्दा दुई जना घाइते भएका हुन् ।
खप्तडछान्नाबाट तमैल तर्फ आउदै गरेको खम्पाते टिडीआर जे भि कन्डक्सन कम्पनिको से १ च १३३६ नम्बरको जिपले बिपरित दिशा तर्फबाट गइरहेको सु।प।प्र।०१००२ त ४७८२ न।को ट्याक्टरलाई रोकेर साईड दिने क्रममा सडक माथिबाट ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिनुभयो ।
ढुङ्गा लागेर जिपमा सवार खम्पाते टिडीआर जे भि कन्डक्सन कम्पनिका ओभरसियर अछाम घर भएका २४ वर्षिय बिजय कुँवरको दाईने हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । यस्तै ट्याक्टर चालक थलारा गाउँपालिका ९ का २० वर्षिय हिक्मत भण्डारीको पनि शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि धनगढी लगिएको छ ।
अहिले जिप र ट्याक्टर घट्नास्थलमै रहेको र प्रहरीले घटना बारे थप अनुसन्धान गरीरहेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।


315 पटक हेरिएको 









