जिल्लाको दुर्गाथली गाउँपालिकाले गाउँपालिका भित्र रहेका एक हजार दिन भित्रका गर्ववती महिला तथा आमाहरुलाई उपाध्यक्ष कोशेली बितरण गरिरहेको छ । सुनौला हजार दिनका बच्चा तथा आमाको स्वास्थ्य अबस्थालाई सुधार गर्नका लागी गाउँपालिकाले न्यानो लुगा, बलाङकेट तथा पौष्टिक आहारयुक्त दाल उपाध्यक्ष कोशेली मार्फत बितरण गरिहरेको छ ।

गाउँपालिका भित्र रहेका ७ वटै वडाका स्वास्थ्य चौकी मार्फत वडा अध्यक्षको रोहवरमा उपाध्यक्ष कोशेली बितरण गरिएको हो । गाउँपालिकाबाट खटिएको स्वास्थ्यक्रर्मी सहितको टोलीले उपाध्यक्ष कोशेली मार्पत प्रति ब्यक्ति दुई किलोग्राम दाल , एक वटा ब्ल्याङकेट बितरण गर्नुका साथै गर्भवती आमा तथा बच्चाको स्वास्थ्य परिक्षण , खोप सेवा निरन्तरताका लागी सचेतना कार्यक्रम समेत गरिएको छ । दुर्गाथली गाउँपालिका – ७ गैरागाउँकी १९ बर्षिया सिर्जना बिकले गाउँपालिकाले उपाध्यक्ष कोशिली कार्यक्रम मार्फत चिसो सिजनमापौष्टिक आहारयुक्त दालले यहाँका सुनौलो हजार दिनका बच्चा तथा आमाहरुलाई ठूलो राहत भएको समेत बताउनुभयो । हिउँयाममा निकै चिसो हुने हुँदा न्यानो कपडा पाए पछि खुशी हुँदै उहाँले भन्नुभयो , यस कार्यक्रममा खोपको मात्र कती लगाउने , स्तनपान कती पटक र कसरी गर्ने , बच्चाको स्वास्थ्य अबस्थालाई कसरी स्याहार गर्ने लगायतका कुराको समेत जानकारी भएको बताउनुभयो । दुर्गाथली गाउँपालिकाले यसै आर्थिक बर्ष २०८०÷ ०८१ को निती तथा कार्यक्रममा सुनौला हजार दिनका आमालाई कोशेली बितरण मार्फत स्वास्थ्य अबस्था सुधार गर्ने निती लिएको थियो । गाउँपालिका अध्यक्ष दिल बहादुर थापा(तुफान)ले भन्नुभयो, हामीले गाउँपालिकामा रहेका नागरिकहरुको स्वास्थ्य अबस्थालाई सुधार गर्नका लागी कोशेली बितरण गरेको बताउनुभयो । उहाँले यसका अलवा अध्यक्ष स्वास्थ्य कार्यक्रम मार्फत प्रत्येक महिला नागरिक घर दैलोमा पुगेर स्वास्थ्य परिक्षण गर्ने , गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने , महिला स्वास्थ्य स्वयम्सेबिका मोबाईल कार्यक्रम र प्रोत्साहन गर्ने लगायतका एक दर्जन भन्दा बढी जनमुखी कार्यक्रम गरि रहेको बताउनुभयो । ग्रामिण क्षेत्रका सुनौलो हजार दिनका आमा तथा बच्चाहरु कुपोषणका कारण जनस्वास्थ्यमा समेत नराम्रो असर पर्दै आएको छ । स्थानीय सरकार मार्फत सुनौला हजार दिनका आमाको स्वास्थ्य सुधारका लागी प्रयासहरु हुदैँ आएको भए पनि अझै सम्म पनि कुपोषण हट्न सकेको छैन् । दुर्गाथली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बम बहादुर भण्डारी उपाध्यक्ष जनक बहादुर दौल्यालले भन्नुभयो, “सुनौला हजार दिनका आमा तथा बच्चाहरुको स्वास्थ्य अबस्था सुधार गर्नका लागी उपाध्यक्ष कोशेली कार्यक्रम , बहुक्षेत्रिय पोषण कार्यक्रम , अन्य पोषणका बिभिन्न कार्यक्रम संचालन गर्दै आई रहेका छौ । पालिकामा रहेका नागरिकको स्वास्थ्य अबस्थालाई मध्ये नजर गरि जनमुखी कार्याक्रमहरु ल्याएको समेत बताउनुभयो । दुर्गाथली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बम बहादुर भण्डारीले पालिकामा प्रयोशाला, अल्ट्रासाउण्ड सेवा, ओटिसी सेन्टरहरुको स्थापना र तत्काल सुत्केरी ब्याथा लागेमा निशुल्क एम्बुलेन्स सेवा मार्फत पालिकामा दुई वटा एम्बुलेन्सहरु चौबिसै घण्टा राखि रहेको समेत बताउनुभयो । यस पटक पालिकाका सात वटा वडाका ३५५ जना सुनौलो हजार दिनका आमालाई कोशेली बितरण तथा स्वास्थ्य परिक्षण र जनचेतनामुक कार्यक्रमहरु समेत जोडेको समेत उहाँको भनाई छ ।



286 पटक हेरिएको 









