खबर गर्नुस , त्रिपाल मुनि बसि रहेका बिपन्न तथा एकल महिलाको अस्थायी टहरा बनाइ दिन्छु : युवा नेता ऐडि

  खप्तड समाचारदाता  791 पटक हेरिएको

भुकम्पका कारण त्रिपाल मुनि बसि रहेका बिपन्न तथा एकल महिलाहरुको घर बनाइ दिने अभियान लाई निरन्तरता दिने नेपाल तरुण दलका केन्द्रिय सदस्य बिष्णु ऐडिले बताउनु भएको छ । उहाँले जिल्लामा भुकम्पका कारण बझाङ जिल्लामा ठूलो क्षती भएकाले बिपन्न तथा एकल महिलाहरुको अस्थायी टहरा बनाउने कामलाई निरन्तरता दिने बताउनु भएको छ ।
जिल्लामा बेसाहारा बिपन्न तथा एकल महिलाहरुको अस्थायी टहरा बनाउदै आउनु भएका ऐडिले अझै पनि कोहि कतै समस्यामा परेका नागरिकहरुले आफुलाइ खबर गर्नका लागि अग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो , हामी आर्थिक रुपले बिपन्न नागरिकहरु जो अझै पनि त्रिपाल मुनि बसि रहेका उहाँहरुको अस्थायी टहरा निर्माण गरिदिन्छौ । आफुहरुलाइ खबर गरेपछी त्यही ठाउमा अबलोकन गरि अस्थायी टहरा निर्माण गरिदिने समेत उहाँको भनाइ छ । यस अगाडि समेत ऐडिले बिपन्न तथा एकल महिलाहरुका एक दर्जन भन्दा बढी घर बनाउनु भएको थियो । यस्तो बिपतको बेला मानबिय सेवामा अहोरात्र खट्नु भएका ऐडिको चौतर्फी रुपमा प्रसंसा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार