तरुण दलका केन्द्रिय सदस्य विष्णु ऐडिले इजरायलमा ज्यान गुमाएका नेपालीको छानामा टिन हाली दिए

  खप्तड समाचार  375 पटक हेरिएको

नेपाली कांग्रेस निकट नेपाल तरुणदलका केन्द्रीय सदस्य विष्णु ऐडीले सहयोग गर्दै इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका बझाङको जयपृथ्वी नगरपालिका–११ भोपुरका गणेश नेपालीको घरको छानो जस्तापाताले छाएका छन् ।

पहिले उहाँको घरको छाना जस्तापाताले नै छाएको भएपनि जस्तापाता पुरानो भएर चुहीने भएको असोज १६ गतेको भुकम्पले घर भत्काएपछि उहाँको परिवार बाहीर पाल टाँगेर बस्दै आएको थियो । अहिले दिनानुसदिन चिसो बढ्दै गएकोले पालमुनि बस्दै आएको उहाँको पीडित परिवारलाई राहत होस भनेर आफुले मंगलबार घर मर्मत संगै छतमा जस्तापाता लगाई दिएको तरुणदलका केन्द्रीय सदस्य  तथा महाधिवेशन प्रतिनिधि विष्णु ऐडीले बताउनु भयो ।

राहत वितरणमा सरकारी निकाय देखी लिएर सबै व्यक्ति ताथा संघ संस्थाले राहतको नाममा खाद्यान्न र त्रिपाल वितरण गरीरहेकोमा नेता ऐडी भने यो अहिलेको समयमा खाद्यान्न र त्रिपाल आवस्यक नभएको भन्दै घरको छतमा जस्तापाता लगाइदिएको बताएका छन् । उहाँले गरेश नेपालीको परिवार बस्ने घरबाछ आफ्नो उक्त अभियान सुरु भएको र अव समस्यामा परेका र त्रिपाल मुनी बस्दै आएका विपन्न तथा एकल महिला पहिचानगरी अस्थायी रुपमै भएपनि जस्ताको पाता लगाएर उहाँहरुले बस्ने टहरा निर्माण गरिदिने बताएका छन् । गत भदौ २५ गते टीकापुर बहुमुखी क्याम्पसमा बिएस्सी एजी पढ्दै गरेका गणेश नेपाली लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल उडेका थिए।

दुई वर्ष चितवनस्थित प्रेरणा कलेजबाट आइएस्सी गरेका गणेशले टीकापुर बहुमुखी क्याम्पसमा बीएस्सी एजी आठौं सेमेस्टारअन्तर्गत अलैंची खेती टिस्यु कल्चरसम्बन्धी प्रयोगात्मक अध्ययन गर्दै गर्दा उनलाई इजरायल जाने अवसर जुरेको थियो। उहाँको गत गत शनिबार इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो ।# ehimalayatimes

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार