बझाङ– बझाङका भुकम्प पिडितलाई हिमानी कोषले राहत वितरण गरेको छ । कोषले भुकम्प प्रभावित थलारा, छविस पाथीभेरा र जयपृथ्वी नगरपालिकाका चार सय परिवारलाई राहत वितरण गरेको हो ।
तत्कालिन बझाङगी राजा विनोद विक्रम सिंहको पहलमा हिमानी कोषले भुकम्प पिडितहरुलाई ओड्ने न्यानो कम्बल, भाँडाकुडा र लत्ताकपडा वितरण गरेको कोषका प्रतिनिधि एवं काठमाण्डौ स्थित स्काई टावरका संचालक तेज सिंहले बताए । ‘बझाङ विपदमा परेको बेला पिडितहरुको समस्यामा हामी साथै छौ भनेर बझाङगी राजाको पहलमा यो सहयोग वितरण गरिएको हो उनले भने ‘भुकम्प पिडितहरुका घरहरु पुर्न निर्माणको लागि काम गर्न पनि उहाँले पहल गरिरहनु भएको छ ।
अहिले वितरण गरिएको राहत अस्थायी समाधान भएको र निकट भविश्यमा नै जिल्ला सबै भन्दा क्षतिभएका केही बस्तीलाई पुर्ननिर्माण गरि नमुना बस्ती बनाउने हिमानी कोषका अर्का प्रतिनिधी राजेन्द्र बहादुर सिंहले बताए ।
राहत सामाग्री बुझ्दै विपदको बेलामा आफुहरुलाई सम्झेर सहयोग गरेकोमा थलारा गाउँपालिकाका उपाध्यक्ष राम खातीले पालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरे । उनले गाउँ पालिकाका निजी आवास र सरकारी संरचना पनि भुकम्पका कारण ध्वस्त भएकाले पुर्ननिर्माण सहयोग गरिदिन कोषलाई आग्रह पनि गरेका छन । ‘यहाँका थुप्रै संरचनाहरु भत्केका छन । पिडितहरु बाहिरै बस्नु पर्ने अवस्था छ । उपाध्यक्ष खातीले भने ‘स्वास्थ्य, शिक्षा जस्ता सेवा दिन पनि समस्या भएकोले सबैको सहयोगको अपेक्षा गरेका छौ ।
विपदमा परेका आफुहरुलाई सम्झेर राहत दिएकोमा पिडितहरुले पनि कोषलाई धन्यवाद दिएका छन । उनिहरुले कोषले दिएको राहतले आफुहरुको दैनिकी केही सहज हुने बताएका छन ।


469 पटक हेरिएको 








