भुकम्पले घर चिरा चिरा भएपछि रेडियो खप्तड आवाजको प्रसारण बन्द

  समीर कठायत  341 पटक हेरिएको


गएको मंगलबार र त्यसपछी सदरमुकाम आसपास बनाएर आएको भुकम्पका कारण जिल्लामा रहेको रेडियो खप्तड आवाजको प्रसारण बन्द भएको छ । रेडियोको रिले टावर र प्रसारण स्टुडियो भएको घरमा चिरा चिरा परि चर्के पछि रेडियोको प्रसारण केही दिन बन्द गर्नु परेको रेडियो खप्तड आवाजका अध्यक्ष शैलेन्द्र रोकायाले बताउनु भयो ।


खप्तडछाना -१ बातामा रहेको प्रसारण टावर र सदरमुकाम चैनपुरमा रहेको शाखा प्रसारण स्टुडियो भएको घरमा भुकम्पले क्षती गरेको छ । तत्काल भवन मर्मत गर्न तथा सार्न समेत भुकम्पको जोखिम कायमै रहेकाले र आर्थिक अभाव समेत रहेकाले समस्या भएको समेत अध्यक्ष रोकायाले बताउनु भयो । केही दिन भुकम्पको जोखिम कम भएको पछि बैकल्पिक उपाय सहित नियमित प्रसारण हुने समेत उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार