सरकार भुकम्प प्रभावितको घर घरमा , पुनर्निर्माण सहितको दिगो ब्यवस्थापनमा लागेको मुख्यमन्त्री शाहको भनाइ

  शैलेन्द्र रोकाया  512 पटक हेरिएको

सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वको टोलि भुकम्प प्रभावित क्षेत्रको बस्तुस्थिती सहितको स्थलगत अवलोकनका लागि पीडित नागरिकको घर घर पुगेको छ । सदरमुकाम चैनपुरलाई केन्द्र बिन्दु बनाइ आएको ६.३ रेक्टरस्केलको भुकम्पले बझाङ जिल्लामा ठूलो मात्रामा भैतिक संरचनाका साथै जन धनको क्षती भए पछि सुदुरपश्चिम प्रदेस सरकार नागरिकको घर घरमा पुगेको हो ।
मुख्य मन्त्री साह सहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट , सुदुरपश्चिम प्रहरी प्रमुख भरत बोहरा लगायत स्थानिय तहका प्रमुखहरुले पिडितहरुको अवस्था र बस्तुस्थितिको बारेमा अवलोकन गर्नु भएको हो ।

बिहिवार मन्त्री शाहले केदारस्यु गाउपालिकाका जनप्रतिनिधिहरु संग त्यहाको अवस्था बारे जानकारी लिनु भएको छ । त्यसै गरि टोलिले थलारा गाउपालिका -३ कुच , दुर्गाथली -३ जुजि र छबिसपाथिमेरा – १ मटेलाको स्थलगत अबलोकन गरेको छ । मुख्यमन्त्री शाहले भुकम्पका कारण बझाङ जिल्लाले यति ठूलो क्षती बेहोरेको बताउदै घाइतेहरुको उपचार , तत्काल राहत बितरण गर्न प्रदेस सरकारले कुनै पनि कसर बाकी नराख्ने बताउनु भएको छ । उहाँले भुकम्प पिडितहरुको घरहरु पुनर्निर्माण गर्न प्राबिधिकहरुलाइ खटाएर दिगो ब्यवस्थापनमा जोड दिन प्रदेस सरकार तत्पर रहेको समेत बताउनु भयो । उहाँले बिगतमा भएका कमिकमजोरीहरु लाई सच्याउदै आम नागरिकहरुलाइ हाम्रो सरकार छ भन्ने अनुभुती दिलाउनु पर्ने बताउनुभयो । थलारा -३ कि सुनिला दमाईले घर बनायको रिण तिर्न नपाउदै भुकम्पले घर स्वाहा बनाएर पाल मुनि बसि रहेको कारुणिक बेदना सुनाउनु भयो । उहाँले १८ जनाको परिवारको बिचल्ली भएको बताउदै अहिले खान , बस्नका लागि ब्यवस्था गरि दिन मुख्यमन्त्री शाह संग आग्रह गर्नु भयो ।


केही स्थानीय युवाहरुले २०७८ साल आएको बेमौसमी बाढिका कारण जिल्लामा भएको ठूलो जनधनको क्षतिमा सरकारी क्षेत्रबाट सिन्को भाचिने काम पनि नभएको भन्दै स्थानीयले पीडितहरुको भावनामा नखेल्न समेत आग्रह गरेका थिए । बाढिको बेला सुदुरपश्चिम प्रदेश सरकारका तत्कालीन समामुख,मुख्यमन्त्री , तत्कालीन प्रधानमन्त्री , गृहमन्त्री आएर बाढी पिडितलाइ आश्वासन मात्र बाडेको र सिन्को सम्म नभाचेको प्रती स्थानियको आक्रोश यथाबत थियो । मुख्यमन्त्री शाहले शुक्रबार बिहान जिल्ला बिपद ब्यस्थापन समितिको बैठकमा छलफल गर्ने, केही भुकम्प प्रभावित ठाउहरुको स्थलगत अनुगमन गर्ने बताइएको छ । शुक्रबार प्रधानमन्त्री पुस्पकमल दाहल (प्रचण्ड)उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खड्का ,गृहमन्त्री नारायण काजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउद हेलिकप्टर मार्फत बझाङ आउने कार्यक्रम तय गरिएको छ ।

रास्वपाका सभापति रबि लामिछाने पनि स्थलगत अबलोकन र राहत सामग्री हस्तान्तरण

रास्वपाका सभापति तथा प्रतिनिधि सभा सदस्य रबि लामिछानेले पनि भुकम्प प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्नु भएको छ । उहाले जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर पिडित नागरिकहरुलाइ सान्त्वना दिनुका साथै जिल्ला बिपद जोखिम न्यूनीकरण समितिलाइ राहत सामाग्री समेत हस्तान्तरण गर्नु भएको छ ।

भुकम्प गए पछि पिडित नागरिकको घरदैलो सम्म पुगेर नागरिकलाई मल्हम पट्टि लगाउने पहिलो जनप्रतिनिधि हुन । उहाले जिल्लाका विभिन्न ठाउहरुको स्थलगत निरिक्षण पछि आज फर्किनु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार