भुकम्पको बिपद जोखिममा मल्हम लगाउँदै जिल्ला बिपद समिती र पालिका , बिभिन्न निर्णय गरि पिडितको लागत संकलन गरिदै ।

  बिर्ख बोहरा  627 पटक हेरिएको


मंगलबार दिउँसो  छुट्टै छुट्टै समयमा आएको भुकम्पले जिल्लाको जनजिवन अस्त ब्यस्त भएपछि स्थानीय पालिकाहरुले समेत बिपदको जोखिममा स्थानीयलाई मल्हम लगाउँदै बिभिन्न क्रियाकलाप गर्ने निर्णय गरेका छन् ।
बुधबार दिँउसो जिल्लाको खप्तडछान्ना गाउँपालिका, मष्टा गाउँपालिका ,थलारा गाउँपालिकाहरुले बिपद जोखिम न्यनिकरण गर्न बिभिन्न निर्णय गरि बैठक सम्पन्न गरेका छन् । जिल्ला बिपद  ब्यवस्थापन समितिले समेत बिभिन्नजि निर्णय गरेको छ । जिल्लामा भएको क्षतिका लागि लागत संकलन गर्न टोलि गठन गर्ने, भुकम्पले पिडित भएका नागरिक हरुका लागि बिभिन्न राहत सामाग्री , अर्थिक माग गर्ने , पुनर्निर्माण प्राधिकरण लाई भत्किएका संरचना तयार गर्न माग गर्ने लगायतका निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला को खप्तडछान्ना गाउँपालिकाले बिभिन्न ५ वटा निर्ण गर्दै बैठक सम्पनन गरेको छ । बैठकले क्षतीको बिवरण संकलन गर्न टोली परिचालन गर्ने , विपद वडा परिचालन समितीलाई सकृय बनाउने , गाउँपालिका भित्र राहत बितरण गर्दा एक द्घार प्रणाली अबलम्बन गर्न पत्राचार गर्ने , पुर्ण घर क्षती भएकाहरुलाई तत्कालै अत्याबस्यकीय राहत सामग्री बितरण गर्ने र मौसमि रुघा खोकी र ज्वरोका बिरामी बढेकाले स्वास्थ्य सामाग्री सहित स्वास्थ्यक्रर्मीको टोलि गाउँ गाउँमा परिचालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले बताउनुभयो । अध्यक्ष रोकाया सहित उपाध्यक्ष बिष्णु कुमार थापा सहितको टोलीले पुर्ण घर क्षती भएका खप्तडछान्ना १ र २ का केही परिबारहरुलाई राहत सामग्री सहित दिनु भएको छ ।
त्यस्तै जिल्लाको मष्टा गाउँपालिकाले समेत बिपद सम्बन्धी बैठक बसालेर ५ वटा निर्ण गरेको छ । गाउँपालिकाले बिपदको समयमा गाउँमा रहेका पिसडित नागरिकहरुलाई लक्षित गरि लागत तथा बिवरण संकलन , राहत सामाग्री  बितरण गर्ने , बिपद अनुगमन समतिी गठन गरि तत्काल राहत उपलब्ध गराउने लगायतका महत्वपुर्ण निर्णय सार्बजनिक गरेको छ ।
यसै बिच बुधबार गाउँपालिका उपाध्यक्ष सहितको टोलीले भुकम्प पिडितको अबस्था बुझ्न अनुगमन समेत गरेको छ । त्यस्तै थलारा गाउँपालिकाले समेत राहत समाग्री एकद्घार प्रणालीमा लैजानका लागी र सबैलाई गाउँपालिकाको बिपदको खातामा रकम जम्मा गर्ने निर्णय गरेको छ । साथै गाउँपालिका भरि तत्काल तागत संकलन गर्ने र गाउँपालिका र नागरिक समाजको सहकार्यमा राहत बितरण गर्ने निर्णय गरेको छ । त्यस्तै जिल्लाको छबिसपाथीभेरा गाउँपालिकाले समेत पहिलो चरणमा पिडितको एकिन गर्न लागत संकलन गर्ने र राहतलाई एक रुपता ल्याउन बिभिन्न निकाय संग समेत आग्रह गरेको छबिसपाथीभेरा गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले बताउनुभयो । उहाँले यस बिपदको घडीमा सबैले संयमित समयर सुरक्षित स्थानमा बस्न समेत आग्रह गर्नुभयो ।
बुङगल नगरपालिका प्रमुख जय बहादुर धामिले सामाजिक संजाल मार्फत भन्नुभयो “हिजो असाेज १६ गते गएकाे भुकम्पकाे बिबरण र त्यहाँका जनताहरुकाे अवस्था बुझ्न आज सबैभन्दा बढी क्षति भएको ठाउँ बुङ्गल नगरपालिकाको वडा नम्बर -२का सलकाट्टे, रैसेल्ली,गिराैं, वगर गाउँमा गई प्रहरी मुचुल्का बनाउँदै गर्दा, सबै गउँमा ८०% घरहरु चर्किएका देखिए भने त्यसमा ३०%घरहरु(प्रत्यक गाउँमा ७-८ घरहरहरु) बस्नै नमिल्ने गरि पुर्णरुपमा क्षति भएका देखिए। ठुलठुला गाउँहरु भएकाले आफ्नाे घर पुर्णरुपमा क्षतिभएका मानिसहरू केही दिनका लागि आफन्तको घरमा मिलेर बसिराख्नु भएका छन्। भने केही परिवार पाल भित्र पनि बसि राखेका छन्। आज झण्डै २०० घर परिवारमा पुग्दा १२० घरहरु अझै जाेखिममा छन भने ४०-५० घरहरु उच्च जाेखिम(वस्न नमिल्नेे) गरि भत्किएका छन। यस नगरपालिका भरिकाे पुर्णरुपमा विबरण संकलन गर्न अझै ३-४ दिन लाग्ला जस्ताे छ। ” उहाँले बुङगलका पत्रकार बाट सहयोग नपायको गुनासो समेत पोख्नुभयो ।

मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्र विन्दु आसपास बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भुकपम्प गएको थियो ।
अरुलाई सुरक्षित रहन आग्रह गर्दै गाउँपालिका अध्यक्ष रोकायाले त्रिपाल मुनी रात बिताए

जिल्लाको खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले मंगलबार गएको भुकम्पका कारण आफ्नो गाउँपालिकाका नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै आफु समेतले त्रिपाल मुनी रात कटाए । अध्यक्ष रोकायाको आफ्नो घर समेत भुकम्पका कारण क्षद बिच्छेद बने पछि आफ्ना परिबारका सदस्यहरु सहित त्रिपाल टागेर रात कटाउनु भएको हो । बेलुका ५ बजे पालिकाको आधिकारी लेटर प्याडमा आफ्ना पालिकाका नागरिकलाई सुरक्षित रहन आग्रह गर्नु भएको थियो । त्यस पछि रोकायाले राती ८ बजे सामाजिक संजाल फेसबुक मार्फत अर्को स्ट्याटस हालेर आम नागरिकलाई सुरक्षित रहन आग्रह गर्नु भएको थियो । त्यसको लगत्तै पत्रकार डिबी बिष्टले अध्यक्ष रोकाया र परिबार त्रिपालमुनी बसेको फोटो सार्बजनिक गर्नु भएको थियो ।
अध्यक्ष रोकाया सालिन तथा ईमान्दार र कर्तब्यनिष्ट जनप्रतिनिधी हुन् । नेबिसंघबाट माध्यामिक शिक्षा हासिल गर्दै राजनितीमा लागेका रोकाया जिल्लाको मिजासिला तथा लोकप्रिय युवा नेताका रुपमा स्थापीत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार