गाउँपालिका अध्यक्ष रोकायाको पहलमा सिंहले दिए सेती लोकमार्गलाई एक करोड मुल्यको जग्गा ।

  बिर्ख बोहरा  2395 पटक हेरिएको

गाउँपालिका अध्यक्ष रोकायाको पहलमा सिंहले दिए सेती लोकमार्गलाई एक करोड मुल्यको जग्गा
गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाको पहलमा तमैलमा रहेको एक करोड मुल्य बरावरको जग्गा छबिसपाथिभेरा गाउँपालिका १ का वडा अध्यक्ष करनजङ बहादुर सिंहले दिए सेती लोकमार्गलाई दान गर्नु भएको छ ।


पर्यटकीय स्थल खप्तड जाने मुल बाटाेमा रहेकाे तमैल बजार नजिकै सेती नदिमा पक्की पुल बने पछि जयपृथ्वी राजमार्ग बाट साे पुल संग जाेड्न करिव ९० मिटर लम्बाइ र ९ मिटर चाैडाई सडक निर्माणका लागि करिव १ कराेड रकम बराबरको जग्गा निशुल्क दिएका हुन ।छविसपाथिभरा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा तमैल बस्ने राजपरिवार नजिकका व्यक्ति समाजसेवी करनजंग बहादुर सिंहले सेती राजमार्ग छान्ना क्षेत्रका स्थानीय बासीन्दाहरूलाई सहज र सरल हाेस् भनि सडककाे लागि जग्गा निशुल्क दिनु भएको हो ।  उहाले भन्नुभयो, छान्ना र मेराे व्यक्तिगत सम्बन्ध गाढा छ । छान्नाका दाजुभाइले गर्दा नै मेराे ब्यापार व्यावसायिक फस्टाएर म याे स्थानमा पुगेकाे हाैं त्यसैले याे सेती राजमार्ग बढि भन्दा बढि छान्नाका जनताहरूकाे लागि सहज र सरल हुने भएकाले मैले कराेडाै मुल्य बराबरको जग्गा दिन ईच्छुक भएकाे हुँ । पराेपकारी मनभएका जग्गा दाता करनजंग बहादुर सिंहकाे अध्यक्षतामा,खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम राेकायाकाे पहलमा समन्वय गरि सेती राजमार्ग उत्तर खण्ड चैनपुर ताक्लाकाेट सडक याेजनाका ईन्जिनियर पंकजसिंह धामी लगायतको रोहवरमा जग्गा दान गर्नु भएको खप्तडछान्ना गाउपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले बताउनु भयो । उहाँले समाजसेवी सिंहले हाम्रो आग्रहलाई सहजै स्विकार्दै जग्गा दिनु भएको हो ।

सेती राजमार्ग छान्ना प्रवेशद्धारकाे छेउमै राष्ट्रिय विभूति मानवताबादी बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंहकाे शालिक निर्माण गरी शिलालेख राख्ने
सडक निर्माण गर्दा भत्केका संरचनाकाे पुनःस्थापन गर्ने,सडककाे दायाँबायाँ बिभिन्न प्रजातीका बाेट बिरूवाहरू राेप्ने,जग्गादाता करनजंग बहादुर सिंहलाई खप्तडछान्ना गाउँपालिकाका बासिन्दाहरूकाे तर्फवाट गाउँपालिकाले सम्मान तथा बधाई कार्यक्रम गर्ने लगायतका ६ बुदाँमा बैठकमा उपस्थित बिभिन्न वहाेदाका व्यक्तिहरूले सहमति जनाएका छन् । सेतीराजमार्ग पुर्णरूपमा निर्माण भैसके पछि बझाङ देखि पर्यटकीय क्षेत्र खप्तड,छिमेकी जिल्ला बाजुरा हुदै हुम्ला,अछाम लागयतका जिल्लाहरूमा सहज यात्रागरी जान आउन सहज हुने छ ।जग्गादाता सिंहले निशुल्क १ कराेड भन्दा बढि रकमकाे जग्गा दिए पछि अहिले उनकाे चाैतर्फि चर्चा चलेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार