बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षिय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षिय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।
स्थानिय मीन बहादुर मण्डेलका अनुसार शुक्रबार (आज) साँझ ७: ३० बजे हत्या गरि फरार भएका हुन । उहाले सामान्य बोलचाल हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।
हत्याका अभियुक्त बिजुलीको लोकेसन ट्र्याक गरेर खोजी भइरहेको र केहीबेरमै पक्राउ पर्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


511 पटक हेरिएको 









