मार्सल आर्ट्सका नेपाली स्टार रविन्द्र ढाँटले एसियाकै शीर्ष कम्ब्याट प्रतियोगता वान च्याम्पियनसिपमा बिजय हासिल गरे पछि गाउँपालिकाले एक लाख रुपैयाँ रकम दिने घोषणा गरेको छ ।
विश्वसामु चम्किएका खेलाडीका रूपमा परिचीत ढाट लाई गाउँपालिकामा सम्मान गर्दै स्थानीय सरकारले एक लाख रुपैयाँ दिने गाउपलिका अध्यक्ष अमर महरले बताउनु भयो । खेलाडी ढाटको प्रतिभाको कदर गाउँलिकाले उच्च कदर गर्दै उहाँलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महराले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो ।
सिङ्गो गाउपालिका मात्र नभएर नेपालको शिर समेत उचो राखेको भन्दै वडा नम्बर ६ का अध्यक्ष हरिश खड्काले रु २० हजार, वडा नम्बर ३ का वडा अध्यक्ष गणेश बोहोराले रु. २३ हजार र वडा नम्बर ५ का वडा अध्यक्ष अनिल महराले रु. २५ हजार नगद दिने निर्णय गरेको छ।
गत शुक्रबार भएको वन फ्राइडे फाइट्स ३३ अन्तर्गत फ्लाईवेट डिभिजनमा २४ वर्षीय रविन्द्रले रुसका तोरेप्च्ची डोंगाकसँग बिजय भएका थिए । गत महिना नेपालमा सम्पन्न नेपाल वारियार्स च्याम्पियनसिपको मेन इभेन्टमा भारतीय फाइटरलाई हराएका रविन्द्रको वान च्याम्पियनसिप प्रतियोगितामा नेपाली खेलकुद क्षेत्रकै लागि यो ऐतिहासिक क्षण भएको जनाएको छ।
बझाङको बित्थडचिर गाउँपालिका घर भएका रविन्द्र ढाँटले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै वान च्याम्पियनसीप खेलमा नेपालको झण्डा फहराउन सफल भएका थिए । व्यावसायिक फाइट करिअरको छैटौं खेलमा पनि जित हासिल गर्दै रविन्द्रले इतिहास रचेका छन् । उहाले वन च्याम्पियनसिपको फ्राइडे फाइट्समा जित हासिल गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् ।


456 पटक हेरिएको 









