भालुको आक्रमणबाट एक जना घाइते

  खप्तड समाचारदाता  538 पटक हेरिएको

भालुको आक्रमण बाट एक जना घाइते भएका छन । जिल्लाको खप्तडछान्ना – ३ मेल्तडी (बामिली) बस्ने बर्ष ३७ का हिक्मत रावल लाई भालुले आक्रमण गर्दा घाइते बनाएको हो ।
खप्तडछान्ना -३ सल्बेनिमा बाख्रा चराइ रहेको अवस्थामा एक्कासि भालुले आक्रमण गर्दा रावलको अनुहार र शरिलका विभिन्न भागमा चोट लागेको स्थानीय टोप बहादुर खडकाले खप्तड आबाज संग जानकारी दिनुभयो ।उहाँका अनुसार घाइते रावल लाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याइदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार