सिवाइसी नेपाल लघुबित्त बित्तीय सस्था बझाङ शाखा द्वारा बाल बचत गर्ने सदस्यहरुका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण

  खप्तड समाचारदाता  870 पटक हेरिएको

बझाङ ; जिल्लाको जयपृथ्वी नगरपालिका १० सिम्खेतमा रहेको सिवाइसी नेपाल लघुवित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय बझाङले जिल्लामा रहेका सदस्यहरुका छोराछोरीलाई शिक्षामा थप सहज होस भन्ने उदेश्यले बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ५ कोटेलीमा शुक्रबार  बित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

 

उक्त कार्यक्रममा प्रमुख अथिती सिवाइसी नेपाल लघुबित्त बित्तीय संस्था लिमिटेड बझाङ शाखाका शाखा प्रबन्धक राजेन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो भन्ने त्यस्तै कार्यक्रमको उद्घाटन सिवाइसी नेपाल लघुबित्त बित्तीय सस्था लिमिटेड बझाङ शाखामा कार्यरत कर्मचारी हेमराज जोशीले गरेका थिए ।।

 

साथै बझाङ शाखाका कर्मचारी पुजा उपाध्याय र बाल बचत गर्ने सम्पुर्ण सदस्यहरुले आआफ्नो मन्तव्य राख्नु भएको हो ।

 

सदस्यहरुले भन्नू भयो सस्था प्रति सकारात्मक सोच राख्दै  अझै थप बचत गर्ने भन्दै सदस्यले आआफ्नो बिचार  राखेर खुसी व्यक्त गरेका हुन्  ।

 

कार्यक्रममा बाल बचत गर्ने सदस्यहरुका छोराछोरीलाई शैक्षिक सामाग्री वितरणबाट अझै बालबालिकाहरुमा थप शिक्षामा हौसला प्रदान हुने सिवाइसी सस्थाका कर्मचारी हेमराज जोशीले बताउनु भयो ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार