
बझाङ । गएको मङलवार राती बझाङको सदरमुकाम चैनपुरको चौगाउँटोलमा राति सुतिरहेको अवस्था आमा–छोरालाई छुरा प्रहार गर्ने युवक पक्राउ परेका छन् । घटनामा संलग्न रहेका कैलालीको कैलारी गाउँपालिका– १ का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
बिगत सात महिना अघि देखि सदरमुकाम चैनपुर बजारमा ज्याला मजदुरी गर्दै आएका चौधरीको छुरा प्रहारबाट सदरमुकाम चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका थिए । चौगाइ टोलमा कोठा भाडा लिएर बस्दै आएका चौधरीले अपराधमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । चौधरीले राती अबेर सम्म आफ्नै कोठाको छतमा बसि रहेको र घर जाने दिन पनि नजिकै आएकोले बजारमा मोबाइल चोर्न कोठा चाहार्दै हिडेको र त्यही कोठामा उज्यालो देखेर ढोका खोल्न खोज्दा सहजै खोलीएको र मोबाइल चोर्न खोज्दा मान्छे ब्युझीए पछि अन्दाधुन्द त्यही मान्छाको चक्कु उठाएर हानेर भागेको चौधरीलाई उदृत गर्दै प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनु भयो । भण्डारीले भन्नुभयो , अनुसन्धान सबै चौधरी तिर सोझीए पछि यो घटना चाडो भएको हो । मदिरा सेवन गरेका चौधरी काम छोडेर घर जाने तयारिमा थिए रहेको र सात महिना सम्म काम गरेर पाँच हजार रुपैया मात्र बचाएका उनले राम्रो मोबाइल हाल्ने सपना भएका कारण यो घटना घटेको समेत अनुसन्धान संलग्न समेत रहनु भएका उपरीक्षक भण्डारीको भनाइ छ ।

यसरी प्रहरीले निकै मेहनतका साथ अनुसन्धान पछि घटना सार्बजनिक भए पछि प्रहरीको समेत उच्च प्रसंशा भएको छ भने अरु घटाउने अपराधीहरुलाइ समेत सचेत गराएको छ। अपराधमा संलग्न चौधरीलाई कैलाली उनकै घरबाट पक्राउ गरिएको थियो । घटना घटेपछि बझाङ छोडेर गएकोले र र उअनले लुटेर लिएको मोबाइललाई ट्य्राक गर्दा अभियुक्त पक्राउ गर्न सफल भएको बझाङ प्रहरीको भनाइ छ । यता पिडितका श्रीमान कलक बिकले चौधरीलाई कानुन अनुसार हदै सम्मको कार्वाही हुनुपर्ने बताए । प्रहरीले निकै मेहनत गरि अनुसन्धान पछि यो घटना बाहिर ल्याएको भन्दै प्रहरीलाई धन्यवाद भने । उहाँले प्रहरी अनुसन्धान गहिरो नभएको भए घटना गुपचुप हुन्थ्यो र डियसपी सापको कडा मेहनतले यो सम्भव भएको समेत बताउनु भयो । चौधरीलाई ज्यानमार्ने उध्योग र लुटपाट तथा चोरीको मुद्दा दर्ता हुन सक्ने प्रहरीले बताएको छ ।


757 पटक हेरिएको 









