बझाङ जिल्लाको सातौ जिल्ला सभा तथा बाषर््िाक समिक्षा कार्यक्रम सनिबार देखि सदरमुकाम चैनपुरमा सुरु भएको छ । जिल्ला समन्वय समिती बझाङको आयोजनामा गएको आर्थीक बर्षमा स्थानीय सरकारले सम्पादन गरेका कामको समिक्षा तथा आगामी दिनमा जिल्लाको बिकासका लागी गरिने एजेण्डा बारेमा छलफल गर्न जिल्ला सभा सुरु भएको हो ।
बझाङ जिल्लाको बिकास र समृद्धिका लागी एजेण्डाहरु तय गरेर सोही अनुरुप बिभिन्न निकायमा पहल हँुदै आएको छ । जिल्ला सभाको उद्घाटन सत्रमा बोल्ने अधिकाशं बक्ताहरुले बझाङ जिल्लाको बिकासका लागी साझा एजेण्डा तयार गरेर बिभिन्न निकायमा पहल गर्नु पर्नेमा जोड दिएका थिए । जिल्ला सभामा बोल्दै नेपाली काङ्ग्रेसका नगर सभापती हिरेन्द्र छत्यालले स्थानीय सरकारले गरेका राम्रो कामको प्रंशसा गर्दै केही बिकृतीहरु पनि भएकाले सबैले सच्चिएर अगाडी बढन अनुरोध गनर्’ भयो । उहाँले जिल्लाको समग्र बिकासका लागी एजेण्डा तय गरेर एकरुपताका साथ अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै नेकपा एमालेका नेता गोकुल बहादुर सिंहले जिल्लाको बिकासका लागी सामुहिक एकता र सामुहिक प्रतिबद्धता रहनु पर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको समृद्धिको ढोका खोल्ने खालका योजना तथा कार्यक्रमका बारेमा ब्यापक छलफल हुनुपर्नेमा जोड दिनुभयो । केही हद सम्म स्थानीय सरकारले सम्पादन गरेका कामहरु राम्रो भएको तर अझै पनि स्थानीय सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेकाले सबैले आफ्ना आचरण सुधारेर जिल्लाको बिकासमा लाग्नुपर्ने बताएका थिए । नेकपा माओबादी केन्द्रका नेता नरेन्द्र बहादुर सिंहले सबैले जिल्लाको बिकासका लागी अति महत्वपुर्ण योजनाहरु त्था कार्यक्रम छनौट गरि सरकारका बिभिन्न निकायमा धाउनुका लागी कार्यदल बनाउनु पर्ने बताउनुभयो । १२ वटा स्थानीय तह रहेको बझाङमा सबै पालिकाका प्रमुख , उप प्रमुख र प्रमुख लगायत बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधी सहितको उपस्थितीले जिल्लाका सबै पालिकाका , सरकारी तथा गैरसरकारी संस्थाले सम्पादन गरेका कामको समिक्षा तथा आगामी दिनमा काम गर्ने शैलिका बारेमा समेत गर्नुपर्ने कामको बारेमा समेत छलफल गरिरहेका छन् । पालिकाहरुले आफुहरुले गरेका काम तथा असल अभ्यासहरु समेत प्रस्तुत गरि जिल्लाका सबै पालिकाका कामलाई कसरी जनमैत्री बनाउन सकिन्छ भन्ने प्रयासमा लागेको जिल्ला समन्वय समितीका प्रमुख नरबहादुर बोहराले बताउनुभयो । उहाँले जिल्लाको उत्तरि क्षेत्रमा रहेको ताक्लाकोट नाकालाई बैधानिक नाका बनाउन, चैनपुर ताक्लाकोट सडकको निर्माण कार्य लागी गती दिन , तथा जिल्ला भित्र रहेका महत्वपुर्ण भौतिक पुर्वाधारहरुको निर्माण , जडिकबुटी प्रशोधन , कृषी तथा पशुपाल , उद्योग तथा पर्यटन सम्बन्धी बिभिन्न बिषयमा छलफल गरिने समेत बताउनुभयो । गाउँ गाउँमा सिंह दरबावार आएको छ तर स्थानीय सरकारमा रहेका कर्मचारी मोटाउने , कार्यकर्तामुखी योजना निर्माण गर्ने कार्यले जिल्लाको बिकासको बाधक रहेको सभामा बोल्ने अधिकाशं बक्ताहरुको भनाई थियो । स्थानीय जगदीश रोकायाले भन्नुभयो, जब सम्म स्थानीय गरिब नागरिकहरुको हरेक क्रियाकलाप आर्थिक संग जोडिदैनन् तब सम्म बिकास र समृद्धि नहुने बताउनुभयो । उहाँले जिल्लामा शिक्षा , कृषी ,स्वास्थ्यको समेत तथ्याकं नभेटिने अबस्था आएकाले जिल्ला सभाले निर्णय गरेर यता तिर पनि सरकारको ध्यानाकर्षण गराउनु पर्ने बताउनुभयो । सुक्रबार सुरु भएको जिल्ला सभा सनिबार सम्पन्न हुने बताइएको छ ।


224 पटक हेरिएको 









