सार्वजनिक जग्गा मिचिदा गाउँलेले घर टहरा हटाएको खुुलासा

  खप्तड समाचारदाता  473 पटक हेरिएको

बझाङको बित्थडचिर गाउँपालिका – ७ स्याल ढुड्ढाको सार्वजनिक खाली खाल्सा गौचरन जमिन अतिक्रमण हुन थाले पछि त्याहाँका गाउँलेहरुले संरक्षण गर्न थालेका वताएको छ । स्थानीय पुड्को ओखेडा र कृष्ण ओखेडाको परिबारले खाली खाल्सा जमिन चलन भोगका लागी घेरबार र घर टहरा सार्दै गए पछि गाउँलेहरुले बिहिबार पुड्को ओखेडाको निर्माणधिन घर भत्काई दिए पछि यो जमिनको बिषयमा बिवाद भएको छ ।
धामी गाउँ निबासी दलित दुई परिबारहरु २५ बर्ष अगाडी देखि स्यालढुड्ढामा बसोवास गर्दै आएका हुन । दलित परिबारहरुको एउटा कित्ता दर्ता भएर घर आबास बनाएको र बाँकी रहेको दर्ता जग्गा संग जोडिएको सार्वजनिक जग्गा अतिक्रमण गर्दै आए पछि गाउँलेहरुले पुड्को आखेडाको निर्माणधिन घर र केही खेती बारी विहिवार हटाएको हो । घर टहरा गाउँलेहरुले हटाएको बिषयमा बाहुनको बस्तीमा जातिय छुवाछुत गरि हटाएको भन्दै ब्यापक आलोचना भएको थियो ।
गाउँलेहरुले उक्त घटना जातिय छुवाछुतका कारण नभएर सार्बजनिक जग्गा अतिक्रमण हुन थालेकाले रोकेको दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय चैनपुरमा भेटिएका सोही वडाका कार्यबाहक वडा अध्यक्ष मुकुन्द जोशीले भन्नुभयो, पुड्को आखेडाको घर भएको स्यालढुड्ढाबाट बाहुन बस्ती झण्डै दुई किलोमिटर टाढा छ । यो जातिय बिभेद र कुनै पनि आग्रह पुर्वाग्रहले गरिएको घटना होईन । यस अगाडी पनि पुड्को ओखेडाका भतिज कृष्ण ओखेडाले पनि त्यही ठाउँमा खाली खाल्सा जमिन मिचिएको गुनासो आए पछि छोडेको हो तर पुड्को ओखेडाले घर भन्दा माथी खाली खल्सा जमिनमा घर लगाएर सार्बजनिक जग्गा अतिक्रमण गर्न खोजे पछि गाउँलेहरुले बल प्रयोग गरेको हो ।
स्याल ढुड्ढा भन्ने ठाउँ खाली खाल्सा आबादी र बस्तीका लागी उपयुक्त जमिन छ । गाउँलेहरु सबैको आखा पनि त्यसै ठाउँमा भएकाले ति दलित परिबारहरुले बर्षेनी घेरबार सार्दै गए पछि गएको चैत्र महिनामा वडा कार्यालयमा उजुरी समेत परेको थियो । पुडको आखेडाका भतिज कृष्ण आखेडाले भन्नुभयो, गाउँलेदाजुभाईहरुले हामी दलित भनेर घर टहरा हटाएको होईन् । मेरो पनि केही जमिन खाली खल्सा भित्र थियो मैले स्वास्फुर्त रुपमा जग्गा खाली गरि दिएको हुँ तर काकाले घर लगाउँदा खेरी हामीले चलन भोग गरेको जग्गा भन्दा बाहिर लगाएको भन्दै गाउँलेहरुले भत्काएको हो । स्याल ढुड्ढको जग्गाको बिषयमा यस भन्दा अगाडी गएको चैत्र महिनामा जनप्रतिनिधीहरुको रोहबरमा गाउले र दलित परिबार साथै अन्य त्यहाँ आसपास बसोवास गरि रहेका परिवार बिचिमा छलफल भई आफ्नो जग्गा बाहेक बाहिर घर नलगाउने सहमती समेत भएको स्थानीय नबराज जोशीले बताउनुभयो । उहाँले बाहिर भनिएको जस्तो जातिय बिभेद गरि घर खेतीपाती नष्ट गरेको भत्काएको गलत हो । पुड्को ओखेडाका छोरा करन आखेडाले भन्नुभयो त्यहाँ हामी बस्दै आएको पुरानो घरको जग्गा दर्ता छ तर त्यसको आसपास कती क्षेत्रफल छ आफुलाई पनि थाहाँ नभएको र नयाँ अहिले भत्काएको घर पनि आफ्नै लालपुर्जामा हुनु पर्ने उनको दावी छ ।गाउँलेहरुले गरिब दलित भएका कारणले आफु माथी बलमिच्याई गरि अन्याय गरेको हुदाँ उजुरी दिएको उनले वताए । उक्त घटनाको बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा दुरब्यवहार सम्बन्धी मुद्दा दर्ता गरि धामी गाउँका ३ जना नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरी नयब उपरिक्षक जागेश्वर भण्डारीले बताउनुभयो । ३२ घरधुरी रहेको यस गाउँमा स्याल ढुड्गामा अतिक्रमण गरेको जग्गा घर टहरा हटाउन दलित गैर दलित सवै आएका थिए । यस घटनामा अहिले प्रहरी नियन्त्रणमा रहेका कृष्ण जोशी ,अम्भादत्त जोशीले पनि केहि वर्ष अगाडी यहाँ घर टहरा बनाउदाँ समेत गाउँलेले हटाएको वताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार