बझाङमा बसपार्क को लागि स्थायित्व ठाउँ नभएर बेला वाउलि गाड खोलाको वगडमा चन्द्रगगंन बसपार्क को सिलान्यास गरिएको छ। बझाङगि राजाका साग सन्तान हरुले आपनो पुर्खाको सम्झनामा २३रोपनि जमिन निशुल्क दिएपछि सनिबार एक औपचारिक कार्यक्रम गरी चन्दगगंन आधुनिक बसपार्क नामाकरण गरि सिलान्यास गरिएको हो। जिल्ला समन्वय समिति संयोजक नर बहादुर बोहरा र जयपृथ्वी नगरपालिका मेयर चेतराज बजाल ले सयुक्त रुपमा बसपार्क को सिलान्यास गरिएको थियो। बसपार्क निर्माण का लागि सहरि बिकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना डोटीले ५करोड बजेट विनियोजन गरि ठेक्का गरेपछि बसपार्क निर्माण को काम अगाडि बढ्ने भएको बसपार्क निर्माण व्यवस्थापन समितिका अध्यक्ष तथा निर्माण को पहल पैरेवी गर्ने किस्न बहादुर बिष्ट दलले बताउनु भयो। बसपार्क निर्माणका लागि माटो जम्मा गरेर गराविल गरिने पाच वटा यात्रु प्रतिक्षालय एउटा सटर सहित सौचालय निर्माण गरिने भएको छ। बसपार्क लगाएत बझाङमा तिन वटा योजना पानकोट कैलास सडक, चैनपुर मयाना सडकको सयुक्त बजेट २५करोड हो। संघन सहरी तथा भवन निर्माण आयोजना का इन्जिनियर इन्द्र बोहराले भन्ने निमार्ण कम्पनीमा बैजेनाथ,किनारा र सक्ति सावित्री निर्माण सेवाले ठेक्का पाएको छ। किनारा निर्माण सेवाका प्रतिनिधि सुर्य बोहराले भन्ने चन्द्रगगन बसपार्क निर्माण छिटो छरितो र गुरणस्तरिय बनाउन आफु प्रतिवद्धता रहेको बताउनुभयो। बसपार्क निर्माण भएपछि उदघाटनको समय सम्म बसपार्क को बिचमा चन्दजङ बहादुर सिंह र गगंनजङ बहादुर सिंह को सालिक बनाउने जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालले बताए। बझाङगि राजाहरुको परिवारले यस अगाडि पनि सरकारी कार्यालय बिधालयका लागि पनि आपनो जग्गा निशुल्क दिएका थिएँ।यो बजेटले मात्र बसपार्क को पुर्ण काम सम्पन्न नहुने हुदा डिपिआर अनुसार को कामको लागि थप बजेटको आवश्यक हुने बताइएको छ।


170 पटक हेरिएको 









