खप्तडछान्नाको नमुना युवा संसदको भिडियो डकुमेन्ट्री सार्बजनिक

  सबिन कठायत  1103 पटक हेरिएको

सबिन कठायत
जिल्लाको खप्तडछान्ना गाउपालिकामा आयोजना गरिएको नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रमको भिडियो डकुमेन्ट्री सार्बजनिक गरिएको छ । रास्टिय युवा परिसदको समन्वय तथा खप्तडछान्ना गाउपालिकाको आयोजनामा गरिएको नमुना युवा सांसद स्थापना र अभ्यास कार्यक्रमको भिडियो डकुमेन्ट्री सोमबार सुदुर सेरोफेरो युवटुब च्यानल र हाम्रो साइपाल युवटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
युवाहरु लाई संसदिय अभ्यास , नेतृत्व बिकास र युवाहरुको अन्तरनिहित क्षमतालाइ बाहिर ल्याउने उदेश्य खप्तडछान्ना गाउपालिकाले बर्सेनि यो कार्यक्रमलाई नियमित गर्दै आएको छ । गाउपालिका भरिका सबै वडाबाट युवाहरुलाइ सहभागिता गरायर ४ दिनको तालिम पछि ५ औ दिन नमुना युवा संसद चलाएको थियोे रास्टिय युवा परिषदका प्रशिक्षक शैलेन्द्र रोकायाले जानकारी दिनुभयो । भिडियो १० हजारको लागतमा हाम्रो साइपाल फोटो तथा भिडियो ग्राफि चैनपुरले गरेको थियो भने परिकल्पना , लेखन तथा निर्देशन प्रशिक्षक शैलेन्द्र रोकायाले गर्नु भएको थियो । प्रशिक्षक रोकायाले यश भन्दा अगाडि जिल्लाको खप्तडछान्ना गाउपालिकामा , साइपाल गाउपालिका , सुर्मा गाउपालिका , दुर्दाथली गाउपालिका , बित्थडचिर गाउपालिका र मस्टा गाउपालिकामा समेत संचालन गर्नु भएको थियो ।
भिडियो हेर्न तलको लिन्क थिच्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार