पुर्व प्रधानमन्त्री स्व.कोइरालाको १०० औ जन्म जयन्ती खप्तडछान्नामा मनाइयो

  खप्तड समचार  335 पटक हेरिएको

  1. पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०० जन्म जयन्ती जिल्लाको खप्तडछान्ना गाउपालिकमा मनाइयको छ । शान्ती प्रक्रियाका नायक तथा २०६२/६३को जन आन्दोलनका कमान्डर स्वर्गीय नेता कोइरालाको फोटोमा अबिर तथा माल्यार्पण गरि जन्म जयन्ती मनाएको हो ।
    गाउपालिका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका पाटी सचिब उत्तम बहादुर रोकायाको अध्यक्षतामा नेपालको लोकतान्त्रिक ब्यवस्था परिवर्तनका लागि स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाले खेल्नु भएको नेतृत्वदायी तथा महत्वपूर्ण भुमिकाको चर्चा गरिएको थियो ।कार्यक्रममा अध्यक्ष रोकायाले पुर्व प्रधानमन्त्री कोइरालाले नेपालमा शान्ती स्थापना , माओबादी शसस्त्र जनयुद्धको ब्यवस्थापन र शान्ती प्रक्रियामा मुलुकलाई अवतरण गराउन उहाँले खेल्नु भएको नेतृत्वदायी भुमिका इतिहासका पानामा समेत रहेको बताउनु भयो । उहाँले सात दलिय गठबन्धनको नेतृत्व गर्दै ०६२/०६३को १९ दिने जन आन्दोलनको संयोजक समेत रहि राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना समेत उहाँकै नेतृत्वमा भएकोले उहाँलाई हामिले बिर्सन नहुने समेत बताउनु भयो । अध्यक्ष रोकायाले हामी अहिले जुन ब्यवस्थामा छौ , यो ब्यवस्थाको जग बसाल्ने लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धाको इतिहासले समेत नभुलेको बताउनु भयो । स्वर्गीय नेता कोइरालाको फोटोमा अबिर सहित गाउपालिका परिसरमा जन्म जयन्ती मनाएको हो । नेता कोइरालालाई बिश्वको सबै भन्दा ठूलो पुरस्कार नोबेल शान्ती पुरस्कारका लागि छनौट हुने पहिलो नेपाली पनि हुन । उहाँले नेपालमा नागरिक स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संस्थापकको रुपमा समेत लिने गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार