जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं १ मा सामुदायिक महिला स्वास्थ्य प्रोत्साहन समन्धि कार्यक्रम सम्पन्न भएको छ ।
आज असार ७ गते ( बिहिवार ) एक कार्यक्रमका बीच वडा अध्यक्ष देविभक्त जोशिको अध्यक्षतामा सामुदायिक महिला स्वस्थ्य स्वयंमसेविकालाई अविर र दोसल्ला सहित सम्मान गरिएको हो । साथै गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० बार्षिक विनियोजन बजेट अन्तर्गत १ लाख बराबरको सामाग्री खरिद गरि स्वास्थ्य स्वयंमसेविकालाई सम्मान गरिएको बताइएको छ ।
प्रोत्साहन कार्यक्रममा सहभागी सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविकाका लागी गाउँसभा बाट आर्थिक बर्ष ७९÷८० बजेट रकम रु १,००,०० ( अक्षेररुपी ) एक लाख रकम बिनियोजन भएको हो । र सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविकाले आआफ्नो टोलमा बैठक सञ्चालन गरे बाफतको रकम एकजना महिलालाई प्रति महिना रु १ हजार का दरले दस महिनाको बैठक संचालन गरे बाफत जम्मा रु १० हजार प्रती महिलालाई कर कट्टी गरेर दिने निर्णय गरिएको अध्यक्ष जोशिले बताउनु भयो ।


710 पटक हेरिएको 









