खप्तडको कार्य योजना गरेर थप विकास गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई

  शुवासचन्द्र रोकाया  422 पटक हेरिएको

बझाङ : सुदूरपश्चिम प्रदेश को मुख्य धार्मिक तथा पर्यटकीय स्थलको थप विकासका लागि बूतित कार्य योजना तयार गरी सरकार अगाडि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनु भएको छ ।
मङ्गलवार खप्तडमा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको प्रथम खप्तड आध्यात्मिक सम्मेलन उद्घाटन समारोहमा प्रधानमन्त्री ले खप्तड सुदूरपश्चिम प्रदेश को मात्र नभएर नेपालकै अलोगिक भूमि भएकाले यसको थप पर्यटन प्रवर्द्धन र अन्य व्यवस्थापन को लागि आफूले उच्च प्राथमिकता दिने बताउनु भयो। यो सम्मेलनले खप्तडको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र महत्त्व बढेको बताउँदै यसको समर्थ विकासको लागि विज्ञहरू सँग राय परामर्श गरी अन्तर्राष्ट्रिय आध्यात्मिक खप्तड धामका रूपमा विकास गर्ने जोड दिनुभयो। साथै उहाँले यस कार्यका लागि योग गुरु रामदेव बाबा र बालकृष्ण आचार्य को पनि साथ सहयोग रहनु पर्ने बताउनु भयो। उहाँ जस्तो सम्मेलन को उद्घाटन समारोहमा बोल्दै योग गुरु रामदेव बाबाले खप्तडलाइ धार्मिक स्थलका रूपमा थप अगाडि बढाउन आपनो पूर्ण साथ सहयोग रहने बताउनुभयो।
कार्यक्रम मा बोल्ने अन्य वक्ताहरुले पूर्व प्रधानमन्त्री झलनाथ खनाल परराष्ट्र मन्त्री एनपी साउद नेता भीम रावल र रमेश लेखकले पनि खप्तडको धार्मिक तथा पर्यटकीय विकासले देशकै अर्थतन्त्रमा सुधार गर्न हुदा यसलाई अन्तर्राष्ट्रिय आध्यात्मिक स्थलको रूपमा विकास गर्न सबै निकायले आपनो ठाउँ बाट साथ सहयोग रहनु पर्नेमा जोड दिए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमला साहाको अध्यक्षतामा भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विशिष्ट अथिती  योग गुरु रामदेव बाबा रहेका थिए।
कार्यक्रम मा गृहमन्त्री नारायण काजी श्रेष्ठ लगायत अन्य मन्त्री हरू राजदूतहरू लगायत जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी योग साधकहरूको सहभागिता रहेको थियो। कार्यक्रम लोक संस्कृति झल्काउने नृत्य लगायतका अन्य प्रस्तुतिहरू पनि देखाइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार