बझाङ ः जिल्लाको खप्तड छान्ना गाउँपालीका – १ कार्यालयले स्थानीय नागरिकलाई सम्मान सहित आवस्यक सामाग्री हस्तान्तरण गरिएको छ ।
आज बुधबार एक कार्यक्रमका बीच वडा अध्यक्ष देविभक्त जोशिको अध्यक्षतामा नागरिकलाई सम्मान गरिएको हो । साथै गाउँपालिकाको आर्थिक बर्ष २०७९÷८० बार्षिक विनियोजन बजेट अन्तर्गत १ लाख बराबरको सामाग्री खरिद गरि नागरिकलाई सम्मान गरिएको बताइएको छ ।
वडाभित्रका जेष्ट नागरिक, अपांगता भएका व्यक्ति, असाय , अनाथ बालबालिका, जग्गादाता, अगुवा कृषक, तथा उत्कृष्ट कर्मचारीहरुलाई सामाग्री हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
उक्त कार्यक्रमा अपांग भएका व्यक्तिलाई एक , एक रेडियो सेट र कृषकलाई कोदालो दिइएको हो । यस्तै जेष्ट नागरिक, उत्कृष्ट कर्मचारीलाई प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको अध्यक्ष जोशिले बताउनु भयो ।


1708 पटक हेरिएको 









