गाउँपालिका अध्यक्ष रोकायाको पहलमा चार करोडको सडक स्तरोन्नति हुँदै

डोजरमा बसेर गरे कामको शुभारम्भ

  आदर्ष रोकाया  2292 पटक हेरिएको

२०७८ असोज ३१  देखि कात्तिक २ गते सम्म परेको अबिरल बर्षा संगै आएको बाढी र पहरोका कारण छेद बिच्छेद बनेको सडकको स्तरोन्नतिका लागी काम सुरु भएको छ । गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाको पहलमा जिल्लाको खप्तडछान्ना गाउँपालिका सेती लोकमार्ग अन्र्तरगत जडार थाम लेख सडक खण्डको काम सुरु भएको हो ।
सडकको स्तरोन्नति , बाढी र पहिरोले ध्वस्त पारेका सरकारी संरचनाको निर्माण , बाढी प्रभावित स्थानीय नागरिकका लागी बिषेस राहत तथा कार्यक्रमका लागी गाउँपालिकाले पटक पटक केन्द्र , प्रदेश लगायतका बिभिन्न निकायमा पहल गर्दै आएको थियो । गाउँपालिकाले स्थानीय तहको निर्वाचन पछि बिषेस गरि सडकको स्तरोन्नतिका लागी संघिय मन्त्रालय , बिभाग तथा सेती लोकमार्गको कार्यालयमा डलिगेसनमा गएर दवाप दिएको थियो । गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले भन्नुभयो, “गाउँपालिकाको प्रमुख सडकका रुपमा रहेको यस सडकलाई स्तरोन्नति गर्नु हाम्रो पहिलो प्राथमिकता हो । सडक निर्माण लगायतका बिभिन्न बिकास निर्माणका कामका लागी तिन पटक काठमाण्डौमा गएर बिभिन्न निकायमा धाएका थियौ । यस सडकको बजेट ब्यवस्थापन र टेन्डर खोल्नका लागी निकै मेहनत गरेको हौ ।” उहाँले आफुहरु हल्ला भन्दा पनि काममा बिश्वास राख्ने हुँदा अन्य महत्वपुर्ण योजना तथा कामका लागी समेत बिभिन्न निकायमा पहल भईरहेको बताउनुभयो । अध्यक्ष रोकायाले यहाँका नागरिकहरुले भोग्दै आएका समस्यमा सम्बन्धीत निकायको गम्भिर ध्यानाकर्षण गराए पछि एक बर्ष देखि गर्दै आएको पहल अहिले पुरा भएको समेत बताउनुभयो । उहाँले अब काम गुणस्तरिय र छिटो छरितो गराउनका लागी सबैको सहयोग अबस्यक भएको समेत बताउनुभयो ।

बाढीले क्षती भएको जडार थाम लेख सडकलाई १२ महिनै संचालन गर्ने गरि अहिले चार करोडको काम यसै असार मसान्तमा सम्पन्न गर्ने गरि सुर्मा सरोबर प्रालिले जिम्मा पाएको छ । अध्यक्ष रोकायाले डोजरमा चडेर कामको शुभारम्भ समेत गर्नुभएको छ । सुर्मा सरोबर प्रालिका संचालक शेरबहादुर बोहराले यसै असार मसान्त सम्म काम सम्पन्न गर्ने गरि आजबाट काम सुरु भएको बताउनुभयो । गाउँपालिकाले गरेको यस कामको सबै क्षेत्रबाट समेत प्रंषसा भएको छ । वर्षायाम सुरु भएपछि सडक अबरुद्ध हुने डरमा रहेका स्थानीयहरुमा केही आसा जागेको छ । जडार थाम लेख सडकको अधिकाशं सडक बगाएर अहिले बगरमा परिणत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार