
जिल्लामा संचालनमा रहेका साना यातायातका साधनहरुले मनपरि भाडा असुल गरेको ब्यापक गुनासो आए पछि बुधबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको नेतृत्वको टोलीले यातायातका साधनहरुको छड्के अनुगमन गरेको छ । जिल्लाको जयपृथ्बी राजमार्ग , खप्तडछान्ना गाउँपालिका जाने ग्रामिण सडक र बुगंल नगरपालिकाको बागथला बिजगडा सडक खण्डमा संचालनमा रहेका यातायातका साधनहरुको छड्के अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय र यातायात ब्यवसायिक समितीहहरुले निर्धारण गरेको भाडा दर कायम भएको भएपनि यातायात ब्यवसायिहरुले मनपरि भाडा असुल गर्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डे सहित प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारी शसस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक नेत्र केसी लगायत ट्राफिक प्रहरीको टोलीले छड्के अनुगमन गरि नियम बिपरित संचालन गरिएका जिपहरु र अटोहरुलाई कार्वाही गरि कानुनी प्रकृयामा आएर मात्र संचालन गर्न सुझाव दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले अनुगमनको क्रममा मनपरि भाडा लिने जिपहरुलाई जरिवाना गरेको , रातो प्लेटका सबारी साधनहरुले समेत यात्रु ओसारेकाले कार्वाही गरि यात्रु नबोक्न र यात्रुहरुलाई रातो प्लेटको सवारी साधनहरुमा नबस्न सुझाव दिएको , सबै जिपहरुका छतहरु हटाउन लगाएको , यात्रुहरुलाई समेत जिल्ला प्रशासनले निर्धारण गरेको भाडा दर अनुसार तिर्न सुझाव दिएको र ब्यवासायिले आनाकानी गरे प्रहरीलाई खबर गर्न सुझाव समेत दिएको बताउनुभयो । उहाँले नियम बिपरित संचालनमा रहेका १५ वटा जिप तथा अटोबाट मात्र २०हजार रुपैया जरिवाना बाफत उठाएको बताउनुभयो । प्रजिअ पाण्डेले अनुगमनका क्रममा जिल्लाको जयपृथ्बी राजमार्गमा चल्ने अधिकाशं अटो चालकहरुको लाईसेन्स नभई क्षमता भन्दा बढी यात्रुहरु ओसारेकाले नियम अनुसार लाईसेन्स लिएर संचालन गर्न सुझाव दिनुका साथै भोली देखि संचालन गरेको खण्डमा प्रहरीले नियन्त्रणमा लिएर कार्वाहीको प्रकृया अगाडी बढाउन स्थानीय प्रहरीलाई निर्देशन समेत दिनुभएको छ ।

यसै बिच अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय र यातायात ब्यवसायि समितीको बैठकको निर्णय अनुसार निर्धारण गरेको भाडा दर समेत सबै यातायात ब्यवसायिहरुलाई अनिवार्य गाडीमा टास्न लगाईएको छ । टोलीले जिप तथा अटोमा यात्रा गरि रहेका यात्रुहरुलाई समेत निर्धारण गरेको भडा भन्दा बढी नतिर्न आग्रह गरेको छ । यातायात ब्यवसयीहरुले डिजेलको मुल्य सरकारले घटाएको भए पनि स्थानीय ब्यापारीले भने पुरानै मुल्यमा बिक्री गरेका कारणले आफुहरुले चर्को भाडा लिनु पर्ने बाध्यता सुनाए । खप्तडछान्नामा संचालनमा रहेको जिपमा चालक धनराज भट्टराईले डिजेल ब्यवसायिहरुले मनोमानी मुल्यमा डिजेल बिक्री गरेका कारणले पनि भाडा महड्ढो भएको समेत बताउनुभयो । उहाँले यसको मुल्य घटाएर एकिन गरि दिन समेत अनुगमन टोलीलाई आग्रह गर्नुभयो ।

यता अनुगमन टोलीका प्रमुख प्रमुख जिल्ला अधिकारी पाण्डेले तमैलमा रहेका डिजेल बिक्रेता संग समेत मुल्य घटाउन सुझाव दिनुभएको छ भने अगामी दिनमा जिल्लदाका सबै डिजेल बिक्रेता संग समेत बैठक बसालेर मुल्य एकिन गरिने समेत जानकारी दिनुभयो । जिल्ला प्रशासन , यातायात ब्यवसायि र सरोकारबालाको बैठकबाट पक्की सडकमा प्रति किलो मिटर रु नौ रुपौया र कच्ची तथा ग्रमीण सडकहरुमा प्रति किलोमिटर २० रुपैया निर्धारण गरेको थियो । यातायात ब्यवासायिहरुले निर्णयको अटेर गर्दै दोब्बर तथा तेब्बर भाडा असुल गर्दै आएका छन् । प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारीले निर्धारण गरेको भाडा भन्दा बढी नतिर्न सबैलाई सुझाव दिएको तथा कुनै पनि ब्यवसायिले बढी भाडा असुल गरेको खण्डमा १०० मा फोन गरि गाडी नम्बर टिपाउन आग्रह गर्नु भयो । जिल्ला प्रशासन कार्यालयले गरेको यस अभियानमा सर्ब साधारण नागरिक भने खुशी भएका छन् ।



557 पटक हेरिएको 









