सुर्मा आधारभूत विद्यालयको समितिमा बोहरा सर्वसम्मत चयन

  भेषराज बिष्ट  331 पटक हेरिएको

बझाङ : छबिस पाथीभेरा गाउँपलीका –७ खोरी स्थित सुर्मा आधारभूत विद्यालयको नयाँ व्यवस्थापन समिति गरिएको छ । आइतबार विद्यालयको आम भेला तथा नयाँ समिति गठनमा उक्त विद्यालयको अध्यक्षमा रिता बोहरालाई सर्वसम्मत चयन गरिएको छ ।
उक्त विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य भगवत बोहराको अध्यक्षतामा सुरु भएको नयाँ विव्यस गठनमा ९ सदस्यीय समिति गठन गरिएको छ ।
यो सँगै विद्यालयको शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ । जसमा अध्यक्ष भगवत बोहरा सहित ११ सदस्यीय समिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार