बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालीकामा शैक्षिक व्यवस्थापन सम्बन्धी ३ दिने तालीम आजबाट सञ्चालन भएको छ । पालीका – ६ को पाटादेवल माध्यमीक विद्यालय र ७ को महेश्वरी माध्यमी विद्यालयमा आजबाट ३ दिने शैक्षिक व्यवस्थापन सम्बन्धी ३ दिने तालीम सञ्चालन गरिएको हो । तालीममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष, सिअ संघ अध्यक्ष, जनप्रतिनिधि, वडा महिला सदस्य र प्रधानाध्यापक लगायतको ७२ जनाको सहभागीता रहेको छ । समग्र विद्यालय व्यवस्थापनको लागी विद्यालय व्यवस्थापन समिती, सिअ संघ र प्रधानाध्यापकले गर्नुपर्ने काम कर्तव्य र अधिकारको बारेमा व्यापक छलपल गरि कार्यान्वयन गर्ने उदेश्य रहेको रिड नेपालले बताएको छ ।
रिड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशिको अध्यक्षतामा सुरु भएको तालीमको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि खप्तड छान्ना गाउँपालीका वडा नं. ७ का वडाअध्यक्ष एवम् गाउँपालीका प्रवक्ता रमानन्द जोशि रहनु भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष तथा प्रमुख वक्ता जोशिले विद्यालयको व्यवस्थापन, शिक्षण गुणस्तर र शैक्षिक सुधारका लागी ३ दिने तालीम निकै फलदायी र प्रभावकारी हुने अपेक्षा गरिएको बताउनु भयो । उहाँले शैक्षिक सुधारका निम्ती रिड नेपालले राम्रो, उदाहरणिय काम गरिरहेको बताउँदै तालीमा सिकेका ज्ञान सिपको प्रर्र्दशन गरि सबैले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भएको छ । गुणस्तिरीय शिक्षा प्राप्तीका लागी सबैको साथ र सहयोग अपरिहार्य रहेकाले यसमा आफुपनि कठिवद्ध भएर लाग्ने अध्यक्ष जोशिले बताउनु भयो ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथि महेश्वरी माध्यमीक विद्यालयका प्रधानाध्यापक तुलशि प्रसाद जोशिले रिड नेपालले सञ्चालन गरेका सबै कार्यक्रमहरु शिक्षाको गुणस्तर वृद्धी गर्नका् लागी महत्वपुर्ण रहेकाले यी कार्यक्रम सबैले आ–आफ्नो विद्यालयमा पुर्णरुपमा कार्यान्वयन गर्न अनुरोध गर्नु भएको छ ।
तिन दिने तालीममा विद्यालय सरोकारवाहरुको काम कर्तव्य र अधिाकार, विद्यालय सुधारमा भुमिका कार्ययोजना, विद्यालय सुशासन, विद्याय सुधार योजना, सामाजीक परिक्षणका बिषयवस्तुहरु, नेतृत्व विकासका कुराहरु र द्धन्द व्यवस्थापनका कुराहरुको बिषयमा छलफल गराईने शिक्षा अधिकृत जनकाराज जोशिले बताउनु भयो । यस्तै विद्यालय सुधारमा विद्यालय व्यवस्थापन समिती, विद्यलय प्रशासनको भुमिका कार्यधिन र कार्ययोजना सम्बन्धी सबैसंग छलफल गरि पुर्णरुपमा प्रयोगमा ल्याउने तालीमको मुख्य उदेश्य रहेको अधिकृत जोशिले बताउनु भयो । आज बुधवार सञ्चालन गरिएको शैक्षिक व्यवस्थापन सम्बन्धी तालीम शुक्रवार समापन हुने छ ।


379 पटक हेरिएको 









